घरमा रोप्नुपर्छ यी वनस्पती, जसले दुषित हावा शुद्धिकरण गर्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ जेष्ठ २०७६, आईतवार ०४:२७

अध्ययनहरुले देखाएको छ, काठमाडौंबासीका लागि पर्याप्त अक्सिजन छैन। अर्थात यो उपत्याकामा यति धेरै वायु प्रदूषण छ कि, सास फेर्नका लागि शुद्ध हावा छैन।

काठमाडौंमा मात्र होइन, शहरी क्षेत्र अहिले वायु प्रदूषणको चपेटामा छ। शहरवासीहरुको फोक्सोमा शुद्ध हावा पुग्दैन। जबकी स्वस्थ्य जीवनका लागि स्वस्थ्य खानपान जति आवश्यक छ, त्यो भन्दा बढी शुद्ध हावाको आवश्यक छ। शरीरमा पर्याप्त अक्जिन पुगेन भने शरीरभित्र अनेकौ रोगको संक्रमण हुन्छ।

अक्सिजन निशुल्क प्राप्त हुने त्यस्तो औषधी हो, जो हामी क्षणक्षणमै उपभोग गरिहेका हुन्छौ। यद्यपी शहरवासीका लागि यो अपर्याप्त हुँदैछ। कलकारखाना, गाडी र मानव निर्मित चिजका कारण उत्पन्न प्रदूषणले हाम्रो फोक्सो भरिंदैछ।

यस्तो अवस्थामा हामीले केही काइदा अपनाउन सकिन्छ। संभव भएसम्म रुख रोप्नुपर्छ । रुख बिरुवा स्यहार्ने, हुर्काउने काममा हामीले पनि सहयोगी भूमिका खेल्नुपर्छ । तर, सबै अवस्थामा यो अनुकुलता मिल्दैन।

के गर्ने त ?
हामीकहाँ केहि यस्ता बनस्पती पाइन्छन्, जसले वायुमन्डललाई शुद्धिकरण गर्न सहयोग गर्छ । राम्रो कुरा त के भने, ति वनस्पती हाम्रो भूगोलमा पाइन्छ । घर, बगैंचामा त्यसलाई रोप्न र हुर्काउन सकिन्छ । घर आँगन, बगैंचा, बार्दली वा गमलामा ति वनस्पती रोप्न सकिन्छ । के हुन् यी वनस्पती ?

चमेली
चमेलीको फूल आफैमा सुन्दर हुन्छ। विभिन्न सजावटको सामग्रीमा यसको प्रयोग हुन्छ । चमेली सानो बुट्यान हो, जो घर बगैंचामा लगाउन सकिन्छ। भनिन्छ, चमेलीले वायुमन्डल शुद्धिकरणमा पनि भूमिका खेल्छ । साथै यसले सकारात्मक उर्जा प्रवाह गर्छ।

घिउकुमारी
घिउकुमारी अति उपयोग वनस्पति हो । औषधिय गुणको घिउकुमारी आर्युवेदमा पनि प्रयोग हुन्छ । यो स्वास्थ्य र सौन्दर्य दुबैमा प्रयोग गर्न सकिन्छ । राम्रो कुरा त के भने, घिउकुमारी घर, बगैंचामा सजिलै लगाउन सकिन्छ ।

भनिन्छ, घिउकुमारीले रातको समयमा अक्जिन प्रवाह गर्छ। यसले गर्दा हाम्रो आसपासमा घिउकुमारी छ भने, त्यसले स्वास्थ्यमा निकै राम्रो प्रभाव पार्छ ।

तुलसी
तुलसीलाई त हामी पूज्छौ । यो वनस्पती अति उपयोगी एवं महत्वपूर्ण मानिन्छ । आर्युवेदमा तुलसीको खास महत्व छ।

यो परम्परागत औषधी हो । बच्चादेखि बृद्धबृद्धका लागि यसले औषधीको कामा गर्छ । बहुउपयोगी तुलसीले पर्यावरणलाई पनि शुद्ध बनाउने बताइन्छ।

पुदिना
पुदिना, जसको स्वाद मिठो हुन्छ, वास्ना पनि । यसलाई हामी सलाददेखि अचारसम्ममा प्रयोग गर्न सक्छौं । पुदिना खासगरी पेटको समस्यामा उपयोगी मानिन्छ । त्यस्तै रगत शुद्धिकरणमा पनि यसले सघाउ पुर्‍याउँछ । पुदिना हामी औषधीको रुपमा पनि प्रयोग गर्छौ । यो बगैंचा, गमला जहाँ पनि रोप्न सकिन्छ । पुदिनाले हावालाई शुद्ध गर्ने पनि बताइन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१