महालक्ष्मी बैंकमा कर्मचारी र कार्यालय व्यवस्थापनमाबाटै ५० करोडौंको अपचलन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ जेष्ठ २०७६, आईतवार ०४:१३

काठमाडौं। महालक्ष्मी बिकास बैंकमा बित्तीय संकट गहिरिएको छ । बैंकको उच्च व्यवस्थापन तहमा चाहिने भन्दा पनि बढी डेपुुटी सिईओहरु राख्दानै बैंकलाई निकै नै आर्थिक बोझ थपिएको हो । अन्य बैंक तथा फाईनान्समा एक जना प्रमुुख कार्यकारी अधिकृत पछि डेपुुटी सिईओ एक जना मात्र हुुने भएता पनि महालक्ष्मीमा डेपुुटी सिईओ नै चार जना रहेका छन्। सो बैंकमा सिईओकोे पदमा कृष्णराज लामिछाने रहेका छन भने सिनियर डेपुुटी सिईओमा सागर शर्मा, डेपुुटी सिईओमा धुुव्रराज अधिकारी, डेपुुटी सिईओ कै पदमा दिपेश लम्साल र एसिस्टेन्ट डेपुुटी सिईओमा जलज कुमार अधिकारी रहेका छन् । उच्च व्यवस्थापन तहमा आवस्यकता भन्दा बढी कर्मचारी राखे कै कारण बैकको कर्मचारी व्यवस्थापन खर्च नै निकै नै उच्च रहेको छ । नायब प्रमुख कार्यकारी अधिकृतहरुको लाइनकै लागि तलब, भत्ता,सबारी साधन र ड्राइभर सुबिधाले बैंक ब्यवस्थापनलाई निकै सकस परेको छ ।
जसका कारण बैंकको बित्तीय संकट गहिरिएको हो । बैंकले चालुु आर्थिक बर्षको पछिल्लो नौ महिनामा एक अर्ब रुपैयाँको हाराहारीमा खुुद व्याज आम्दानी गरेको बैंकले कर्मचारी र अन्य शिर्षकमा मात्र झण्डै ५० करोड रुपैयाँ खर्च गरेको छ । गत आवको सोही अवधिमा ७१ करोड ८९ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको बैकको कर्मचारी व्यवस्थापन र अन्य शिर्षकमा झण्डै ३५ करोड रुपैयाँ खर्च गरेको खबर न्यूज अभियान डट कमलाई प्राप्त भएको छ । चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा घरजग्गा क्षेत्रमा मात्र एक अर्ब ५७ करोड ९४ लाख ८९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकको प्रोभिजन रकम पनि उच्च रुपमा बढेर गएको छ । बैंकले चालुु आवको पछिल्लो अवधिमा १९ करोड ७५ लाख १६ हजार रुपैयाँ प्रोभिजन गरेको छ ।
गत आवको सोही अवधिमा घरजग्गा क्षेत्रमा एक अर्ब ९० करोड ९४ लाख ७७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकको प्रोभिजन रकम ३० करोड ५९ लाख ३७ हजार रुपैयाँ रहेको थियो । पछिल्लो समय बैंकमा खराब कर्जाको मात्रा पनि बढेर गएको छ ।
गत आवको तेस्रो त्रैमासिक अवधिमा तीन दसमलव ९७ प्रतिसत कर्जा खराव रहेको बैंकमा अहिले तीन दसमलव ८५ प्रतिसत कर्जा खराव रहेको छ । बैंकको व्यवस्थापन खर्च उच्च रहेको, खराव कर्जा बढेको कारण आगामी बर्षमा सेयरधनीहरुले पाउने प्रतिफल समेत कम हुुने भए पछि बैंकको केही सञ्चालक एवं लगानीकर्ताहरु बैकको व्यवस्थापन पक्षसंग रुष्ट हुुदै गएको दावी केही लगानीकर्ताहरुले गरेकाछन ।
उता यती बिकास बैंकका तत्कालिन सिइयो सागर शर्माले गरेका अनियमिताका बारेमा समेत गम्भिर ध्यानार्कषण भएको हो । कानुनी सल्लाहाकारका रुपमा गरिएको अनियमिताका बारेमा राष्ट्र बैंक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको छिनोफानो अझै भएको छैन् ।
बैंक कर्मचारीदेखि अन्य सरोकारवालाहरुलाई समेत ढाकछोप गरि तलव सुबिधा लगायतका रकममा हिनाबिना गरिदैँ आएको छ ।सरोकारवालाहरुले बैंक सम्बन्धी सुचना माग्दा सुचना समेत लुकाउने गरिएको समाचार स्रोतले न्यूज अभियान डट कमलाई बताएको छ । बैंकको यो अवस्था देखेर बैंकमा लगानी गर्ने शेयर धनी,निक्षेप कर्ताहरु तनावमा परेकाछन् । –अन्तर समझ/न्यूजअभियान डटकमबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१