ठगीको आरोप खेपिरहेकी नायिका पुजना भन्छिन्, ‘मिडियामा चर्चा पाउन मलाई फ़साइयो’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० जेष्ठ २०७६, शुक्रबार ०४:०९

काठमाडौं । नायिका पुजना प्रधानमाथि ठगीको गम्भीर आरोप लागेको छ । राष्ट्रिय प्रज्ञा प्रतिस्थान भवनमा केट्स इन्टरटेनमेन्ट तथा पद्मा फिल्मस् प्रालीको आयोजनामा सम्पन्न भएको नेपालकै पहिलो “द सुपर मम” को प्रतियोगीहरुले कार्यक्रमको संयोजक रहेकी नायिका प्रधान माथि ठगिको आरोप लागेको हो।

उनले भने आफूमाथि लागेको सबै आरोप झुट रहेको बताएकी छिन्। उनले नाम बदनाम गर्न योजनाबद्ध ढंगले फसाउन खोजेको उनको भनाई छ।

प्रतियोगीहरुबाट अवश्यक भन्दा बढी नै पैसा लिएको, कार्यक्रममा सोधिने प्रश्न-उत्तर बाहिर ल्याएको र आफ्नो मिलोमतोमा विजयी समेत चुनेको भन्दै उनीमाथि आरोप छ।

यद्दपी पुजनाले आरोपलाई खण्डन गर्दै भनिन्, ‘दुई वर्ष देखि मिडियाले बोलाउदा समेत् म टाढै रहेको थिए तर यस गलत आरोपले मलाई मिडियामा आउनुपर्यो। प्रतियोगी आफुबाट नठगिएको, उल्टो आफुलाई नै सबैको मिलेमतोमा षड्यन्त्र बुनेर बदनाम गर्न खोजियो ।’

उनले कार्यक्रम संयोजक करुणा रिजालले आफु मिडियामा क्षणिक चर्चामा आउन आफुलाई फसाइएको आरोप लगाईन।

साथै आरोप प्रत्यारोप लगाउने कुरामा आफुलाई मानब तस्करी समेत् गरेको भनेकाले यो मानब तस्करीको बारे प्रष्ट पर्दिन समेत आग्रह गरेकी छिन । उनले थपिन, ‘शब्दको ज्ञान नभएर सौन्दर्य प्रतियोगितालाई मानवतस्कर भनियो।’

उक्त प्रतियोगितामा १६ जना प्रतिष्पर्धीहरुलाई पछि पार्दै भक्तपुरकी एमी कर्माचार्य विजय भएकी थिईन। त्यसैगरी फर्स्ट रनरअप अमृता शर्मा र सेकेन्ड रनरअपमा बाला राईले सफलता हाँसिल गरेका थिए भएका थिए ।

प्रमुख अतिथि उधोगपति साहित्यकार बसन्त चौधरीको उपस्थितिमा सम्पन्न भएको “द सुपर मम”को निर्णायक मण्डलीमा नेपालको प्रथम नायिका भुवन चन्द, रागिनी उपाध्याय, बाबा सरकार श्रेष्ठ, संचारकर्मी सुर्य चन्द, सन्ध्या पहाडी, बिशाल पहाडी र भुषण श्रेष्ठ रहेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१