एकाएक ३० हजार माछा मरेपछि कृषक चिन्तित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० जेष्ठ २०७६, शुक्रबार ०३:५४

धादिङ । नीलकण्ठ नगरपालिका–३ गौतीमा पालिएको ३० हजार माछा मरेपछि माछापालक कृषक चिन्तित भएका छन् ।

तीन महीनाअघि माहुर जातको माछा पोखरीमा हालिएकामा ३०० ग्रामदेखि ८०० ग्रामसम्म पुग्न लाग्दा एकाएक सबै माछा मरेको माछापालक कृषक चन्द्र तामाङले बताउनुभयो ।

टाउको पखेटा, पुच्छरमा रातो भएर छटपटाउने, सुस्त हुने र माछा मर्ने गरेको छ । बिक्रीका लागि तयारी अवस्थामा पुगेका माछा मरेपछि आफू समस्यामा परेको उहाँको भनाइ थियो ।

चार वर्षदेखि माछापालन गर्दै आउनुभएका तामाङको चार पोखरीमध्ये सबैभन्दा ठूलो पोखरीमा रहेको माछा सखाप भएपछि मरेका माछाले दुर्गन्ध फैलिएको छ ।

वर्षको रु एक लाख ७० हजार भाडा तिरेर माछापालन गरिरहनुभएका उहाँले जिल्लामा रहेको भेटेनरी अस्पतालमा सम्पर्क गर्दा माछाविज्ञ नभएको अस्पतालका सूचना अधिकारी घुरन मण्डलले बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१