चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्यामा वृद्धि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ जेष्ठ २०७६, बुधबार ०५:३७

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्यामा वृद्धि भएको छ ।

चालु आर्थिक वर्ष २०७५/०७६ को पुष मसान्तसम्ममा अघिल्लो पुष मसान्तसम्मको भन्दा २१ हजार भन्दा बढीले निकुञ्ज घुमेका हुन् ।

यस आर्थिक वर्षको छ महिनाको अवधिमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक ८८ हजार एक सय ५१ पुगेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले बताए ।

घिमिरेका अनुसार निकुञ्ज घुम्नेहरुमा १८ हजार सात सय ३४ नेपाली, १० हजार तीन सय ३८ सार्क मुलुकका र ५९ हजार ७९ सार्क भन्दा बाहिरी देशका रहेका छन् ।

गत वर्षको पुस मसान्तसम्ममा ६७ हजार एक सय २३ पर्यटकले निकुञ्ज घुमेका थिए । भूकम्प र नाकाबन्दीपछि ओरालो लागेको पर्यटकको संख्या विस्तारै बढ्दै गएको छ । निकुञ्जमा दुर्लभ एक सिंगे गैँडा, पाटेबाघ, गोही जस्ता जनावर हेर्न स्वदेशी र विदेशी पर्यटक आउने गर्दछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१