पूर्व सासंद बीपी यादव र राजपा केन्द्रीय सदस्य हरि मण्डल जेल चलान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ जेष्ठ २०७६, मंगलवार ०५:३४

राजविराज । पूर्व सासंद बीपी यादव र राजपाका केन्द्रीय सदस्य हरिनारायण मण्डल जेल चलान भएका छन् । किर्ते उपभोक्ता समिति गठन गरेर सरकारी कागज,सरकारी छाप र दस्तखत किर्ते गरेको आरोपमा दायर दुई फरक फरक मुद्दामा उनीहरु सोमबार जेल चलान भएका हुन् ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलासमा आइतबार र सोमबार भएको थुनछेकको बहसपछि यादव र मण्डललाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश भएको हो।

सप्तरी जिल्लाको अग्नीसाइर कृष्णासवरण गाउँपालिका र छिन्नमस्ता गाउँपालिकामा किर्ते गरी उपभोक्ता समिती गठन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो।

उक्त प्रकरणमा पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका सिनियर डिभिजन इन्जिनियर राजकुमार गोइतलाई ४ लाख रुपैयाँ धरौटी लिने आदेश भएको जिल्ला अदालत सप्तरीले जनाएको छ।

यसैगरी अग्नीसाइर कृष्णासवरण गाउँपालिकामा किर्ते उपभोक्ता समिति गठन सम्बन्धि मुद्दामा यादव, मण्डल र गोइतसँगै प्रतिवादी बनाइएका दिलिपकुमार दास र रामाकान्त ठाकुरको हकमा अदालतले २ लाख ५० हजार रुपैयाँका दरले धरौटी लिने आदेश गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१