सुमार्गीको कम्पनीलाई साढे चार अर्ब कर तिर्न राजस्वको पत्र

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ जेष्ठ २०७६, मंगलवार ०५:२६

काठमाडौँ । व्यापारी अजयराज सुमार्गीको कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालिलाई साढे चार अर्ब कर तिर्न आन्तरिक राजस्व कार्यालयले पत्राचार गरेको छ । बानेश्वरस्थित आन्तरिक राजस्व कार्यालयले सुमार्गीको पारिवारिक लगानी रहेको हेलो नेपालले ४ अर्ब ३१ करोड ९५ लाख ७९ हजार पुँजीगत लाभकर तिर्नुपर्ने ठहर गरेको छ ।

२०६८/६९ मा भएको बिक्रीको लाभकर तिर्न राजस्व कार्यालयले यसै साता पत्र काटेको हो ।

नेपाल स्याटेलाइटको ७५ प्रतिशत स्वामित्व साइप्रसस्थित एयरवेल सर्भिसेज लिमिटेडमार्फत टेलियासोनेरा कम्पनीलाई बिक्री गर्दाको लाभकर तिर्न राजस्व कार्यालयले पत्र लेखेको हो । नेपाल स्याटेलाइटको ७५ प्रतिशत सेयर ५ अर्ब ७१ करोड रुपैयाँमा बिक्री भएको राजस्व कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उक्त बिक्रीबाट नेपाल स्याटेलाइटलाई ५ अर्ब ६३ करोड ५० लाख रुपैयाँ लाभ भएकाले त्यसमा लाभकर लाग्ने राजस्व कार्यालयले जनाएको छ । उक्त रकम मध्ये १ अर्ब ४० करोड ८७ लाख ५० हजार पुँजीगत लाभकर हुनुपर्नेमा यो अवधिको जरिवानासहित साढे चार अर्ब पुगेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१