इबोला भित्रिन नदिन सीमा नाकामा निगरानी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ भाद्र २०७१, बुधबार १०:५२

काशीराम शर्मा

१८ बाँके भाद्र  । इबोल रोग नेपालमा भित्रिन नदिनका लागि नेपाल–भारत सीमास्थित जमुनाह नाकामा स्वास्थ्यकर्मीहरुले निगरानी बढाएका छन् । जिल्ला जनस्वास्थय कार्यालय बाँकेका अनुसार जमुनाह नाकामा दुईजना स्वास्थ्यकर्मीको टोली चेकजाँचका लागि खटाइएको छ ।

छिमेकी मुलुक भारतमा इबोला रोगका विरामी भेटिएको भन्ने जानकारी पाइएपछि जनस्वास्थ्यले रोग नेपालमा भित्रिन नदिनका लागि उच्च सतर्कता अपनाइएको जनाएको छ । भारतबाट नेपाली भूमीमा प्रवेश गर्ने पर्यटकका कारण इबोलाको संक्रमण भित्रिन सक्ने भन्दै जनस्वास्थ्यले सतर्कता अपनाएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका महामारी रोग नियन्त्रण शाखा प्रमुख रामबहादुर चन्दका अनुसार हालसम्म नेपालगन्ज नाका भएर कुनैपनि अफ्रिकन पर्यटक नेपाल भित्रिएका छैनन् । विश्व स्वास्थ्य संगठनले इवोला भाइरस रोगको संक्रमण विश्व व्यापी रुपमा महामारी घोषना गरिसकेको छ ।
ईवोला भाइरस रोग नेपालमा पनि भित्रिन र फैलन सक्ने सम्भावना भएकोले सतर्कताका लागि बाँकेको जमुनाह नाकामा हेल्थ डेस्कको स्थापना गरिएको जनस्वास्थ्यले जनाएको छ । हेल्प डेस्कबाट अफ्रिकी मुलुकवाट आउने मानिसलाई निगरानी गरिएको जनस्वास्थ्यले जनाएको छ ।

प्रतिक्रिया