सय बढी आरोही सगरमाथा शिखरमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ जेष्ठ २०७६, शुक्रबार ०५:२८

सोलुखुम्बु । सगरमाथा आरोहणको आज तेस्रो दिन करिब एक सय जनाले सगरमाथा आरोहण गरेका छन्। बसन्त ऋतुमा आरोहण अनुमति पाएका आरोही अहिले शिखरतर्फ धामधम गइरहेको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार बिहीबार विदेशी र नेपाली गरि करिब सयले सगरमाथाको सफल आरोहण गरेका छन्। उनले कति विदेशी, कति नेपाली भन्ने संख्या निक्यौल गर्न बाँकी रहेको बताए।

\पहिलो दिन मंगलबार ८ जना गाइडले बाटो बनाउँदै शिखर पुगेपछि यो यामको आरोहण सुरु भएको थियो। बुधबार करिब ५० आरोही शिखरमा पुगेको सम्पर्क अधिकृत श्रेष्ठले आधार शिविरबाट जानकारी दिए। यो याममा पर्यटन विभागबाट सगरमाथा आरोहणका लागि ४१ समूहका ३७८ जना आरोहीले आरोहण अनुमति पाएका छन्। जसमा १३ जना नेपाली छन्। आधार शिविरमा आरोहीका सहयोगी, नेपाल सरकारका सम्पर्क अधिकृत छन् भने त्यसमाथि आरोहण दलका सदस्य बढी छन्। क्याम्प चारसम्म आरोहीका लागि आवश्यक अक्सिजनदेखि खानेकुराहरु समेत बन्दोबस्तीका साथ राखिएको छ।

सगरमाथाको सफल आरोहण गरिसकेका आरोहीहरु फर्किंदैछन्। २३औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका कामीरिता शेर्पाको टोली विहीबार आधारशिविरबाट नाम्चेका लागि यात्रा तय गरेको सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। उनका अनुसार बुधबार र विहिबार शिखरमा पुगेकाहरु पनि फर्कंदै छन्।

शुक्रबारदेखि आरोहण रोकिने छ। मौसम प्रतिकुलताको संभावना रहेकाले आगामी मे २१, २२ र २३ मा आरोहीले सगरमाथा चढ्ने छन्। गत वर्षको यो सिजनमा १५ नेपालीसहित ३६४ जनाले आरोहण अनुमति लिएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१