टुहुरा बालबालिकालाई शुभम श्री फाउन्डेशनले गर्यो शैक्षिक सामग्री हस्तान्तरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ जेष्ठ २०७६, बिहीबार ०७:२०

काठमाडौं । डोल्पा ,रोल्पा र मुगुमा बसोबास गर्दै आएका ५ विपन्न, असहाय टुहुरा बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।

शुभम श्री फाउन्डेसनको आर्थिक सहयोगमा विपन्न र असहाय बालबालिकालाई रु ४० हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको शुभम श्री फाउन्डेसनको अध्यक्ष कल्पना शर्माले जानकारी दिनुभयो ।

बिकट जिल्ला पिछडिएका र टुहुरा बालबालिकालाई झोला, विद्यालय पोशाक, कापी, कलमलगायतका शैक्षिक सामग्री हस्तान्तरण गरिएको शुभम श्री फाउन्डेसनको संरक्षक सल्लाकार मुकुन्द ढुंगानाले उनुभयो । पीडित बालबालिकालाई सो शैक्षिक सामग्री वितरण गरिएको बताउनुभयो । जिल्लामा रहेका अतिगरीब र विपन्न परिवारका बालबालिकालाई छनोट गरी उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

शुभम श्री फाउन्डेसनको बिसेष कार्यक्रममा गोकर्णेश्वरका मेयर सन्तोष चालिसेको उपस्थितिमा मुकुन्द ढुंगाना ,भवानी प्रसाद पौडेल ,डोल्मा लामा ,झुमा लामा ,जगन्नाथ देबकोटा ,दिपक सिंह भण्डारी ,चित्र बहादुर रसाइली ,सिता थापा भट्टराई ,जयकला बस्नेत ,गीता सुबेदी राइ लगाएतको सहयोगमा टुहुरा बालबालिकालाई झोला, विद्यालय पोशाक, कापी, कलमलगायतका शैक्षिक सामग्री खरिद गरि हस्तान्तरण गरिएको थियो ।

शुभम श्री फाउन्डेसनले हरेक बर्ष यस्ता टुहुरा बालबालिकाका लागि सहयोग गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१