मन्त्री यादव र कर्मचारीबीच हात हालाहालको स्थिति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ जेष्ठ २०७६, बिहीबार ०६:०५

कर्मचारी सरुवाको विषयलाई लिएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव र कर्मचारीहरुबीच मन्त्रालयमा नै तनाव उत्पन्न भएको छ ।

बुधबार मन्त्रालयमा कर्मचारी सरुवाको विषयमा कुरा गर्न गएका नेपाली काँग्रेस निकट निजामती कर्मचारी युनियनका नेताहरु र मन्त्री यादवबीच तनाव भएपछि धकेला धकेलको अवस्था सिर्जना भएको हो ।

आर्थिक चलखेलबाट उद्योग विभागमा कर्मचारी सरुवा गरेको भन्दै त्यसबारे कुरा गर्न जाँदा मन्त्रीले कठालो समातेको निजामती कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीले बताए ।

उनले भने– ‘आर्थिक चलखेल गरेर उद्योग विभागमा कर्मचारी किन पदस्थापना गरेको भनेर मन्त्रीको स्वकीय सचिव प्रेम प्रसाद आर्चायसँग कुरा गर्न जाँदा मन्त्रीजीले बरण्डामै आएर हातपात प्रयास गर्नुभयो ।’

अधिकारीले मन्त्रीको स्वकीय सचिव आर्चायले आर्थिक चलखेल गरेर गृह मन्त्रालयले कारबाही गरेको कर्मचारी विनोद खड्कालाई उद्योग विभाग सरुवा गरेको दावी गरे । स्वकीय सचिव अधिकारीले सरुवाका लागि कर्मचारीको लिष्ट तयार पार्ने र आर्थिक चलखेल गर्ने उनले आरोप लगाए ।

उनले भने– ‘उद्योग विभागबाट मन्त्रालय आएको लेखनाथ घिमिरेलाई फेरी उद्योग पठाइयो, १ वर्ष अध्ययन बिदा लिएर आएको बिनोद राईलाई पनि विभाग पठाइयो । एउटा मन्त्रालयले कारबाही गरेको कर्मचारीलाई अर्को मन्त्रालयमा किन पुरस्कृत गरिन्छ ? यो सबै आर्थिक चलखेलको परिणाम हैन ?’

सो मन्त्रालयबाट विभागमा सहसचिव विश्ववन्धु रेग्मीले सरुवा भएर जान खोजेपछि विनोद खड्कालाई पठाइएपछि विवाद उत्पन्न भएको हो । रेग्मीको सरुवाको फाइल मन्त्रीले ३ पटक सम्म रोकिएको बताइएको छ ।
मन्त्रीले कांग्रेस निकट कर्मचारीलाई मन्त्रालयबाट अन्यत्र सरुवा गर्न नखोजेको उनीहरुको आरोप छ ।

कर्मचारी सरुवा गर्दा मापदण्ड बनाएर सरुवा गर्ने माग लिएर जाँदा आफ्नो कार्यकक्षबाट उठेर वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी, उत्तम कटुवाल लगायत १५ जनासँग मन्त्री यादव लड्न आएको उनीहरुले आरोप लगाए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१