युरिक एसिड बढ्यो ? यसरी गर्नुहोस् घरमै उपचार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ जेष्ठ २०७६, बुधबार ०६:२३

युरिक एसिड बढ्नुलाई चलनचल्तीको भाषामा यसलाई बाथ रोग भनिन्छ। जब शरीरमा युरिक एसिड बढ्छ, हाम्रो जोर्नी दुख्न थाल्छ। कतिपय अवस्थामा त हिँडडुल गर्नै गाह्रो हुन्छ। शरीरमा प्युरिन नामक तत्व टुक्रन्छ, तब शरीरमा युरिक एसिडको समस्या देखिन्छ। शरीरका कोषिका टुट्ने नयाँ बन्न प्रकृया चलिरहदाँ त्यसमा पाइने प्युरिन पनि टुट्न थाल्छ। प्युरिन टुक्रनाले शरीरमा रसायनिक असर देखा पर्न थाल्छ, जसले युरिक एसिड देखिन थाल्छ। यो रगतको माध्यमद्धारा मृगौलासम्म पुग्छ। साथै पिसाबको माध्यमद्धारा बाहिर निस्कन्छ।

कसलाई हुन्छ युरिक एसिड
– जो अस्वस्थ्यकर खाना खान्छन् तर, शारीरिक श्रम गर्दैनन्।

– वंशानुगत रुपमा पनि दोस्रो पुस्तामा यो रोग देखापर्न सक्छ।
– जाँडरक्सी र धेरै प्रोटिनयुक्त खानेकुरा सेवन गर्नेहरु।
– रगत पातलो बनाउने औषधी, उच्च रक्तचापको औषधी सेवन गरिरहेकाहरु।

कसरी हुन्छ युरिक एसिड ?

शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ। न्युक्लिक एसिड र प्युरिन ग्रुपको प्रोटिनबाट मात्र युरिक एसिड बन्छ। यो सामन्यतय पिसाबबाट बाहिर निस्कन्छ।
जब मृगौलाको छान्ने क्षमता कम हुन्छ र युरिक एसिड रहन्छ, तब त्यो हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ । मृगौलाले युरिक एसिड कम उत्सर्जन गर्दा पनि त्यो रगतमा जम्मा हुन पुग्छ।
उपवास वा तिव्र रुपमा तौल घटाउने चक्करमा पनि अस्थायी रुपले युरिक एसिडको स्तर बढ्न सक्छ । साथै, युरिक एसिड बढाउनमा मधुमेहको औषधी पनि एउटा कारण बन्न सक्छ।

के हुन्छ असर ?

शरीरको साना-साना जोर्नीमा दुख्ने समस्या निम्त्याउँछ । यदि तपाईको उमेर २५ बर्षभन्दा बढी भएको छ र धेरै खाना खानुहुन्छ भने तपाई यस रोगको जोखिममा पर्नुहुनेछ । राती सुतेको बेला हात औंला, खुट्टाको औंलाको जोर्नीमा दुखाई महसुष हुन्छ भने त्यो युरिक एसिडको लक्षण हुनसक्छ । युरिक एसिड खासगरी हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ । यस रोगले शरीरको स-साना जोर्नीमा असर गर्छ । जोर्नीमा पीडा महसुष हुन्छ।

तर युरिक एसिड बढे

युरिक एसिड कुनै पनि बेला बढ्न सक्छ । यदी युरिक एसिड अचानक बढेमा खुट्टाको पिडुँला, जोर्नी, मृगौला तथा शरीरका अन्य भागहरुमा जमेर बसिदिन्छ । यसले भविष्यमा जार्नीको दुखाई, वाथ रोग, गाठागठी लगायतको समस्या निम्त्याउने गर्छ।

कसरी नियन्त्रण गर्ने ?

– पर्याप्त पानी वा झोलयुक्त खानेकुरा सेवन गर्ने, जसले बढी भन्दा बढी युरिक एसिड पिसाबको माध्यामबाट बाहिर निस्कन्छ।
– खानपानमा सतर्कता अपनाउनु पर्छ । खासगरी प्रोटिनयुक्त खानेकुरा सेवन गर्नु हुँदैन।
– रातो मासु, कलेजो, रक्सी, गेडागुडी जस्ता खानेकुराले युरिक एसिडको जोखिम बढाउँछ।
– हरेक दिन खाने भोजनमा कम्तीमा ५ सय ग्राम भिटामिन-सि जरुर लिनुहोस्।
– नियमित व्यायाम गर्नुपर्छ । स्वथ्य खानपान र जीवनशैली अपनाउनुपर्छ।

घरेलु विधी

करिब एक किलो तौलको काँचो मेवालाई राम्ररी पखालौ । अब त्यसलाई बोक्रासमेत सानो सानो टुक्रामा विभाजित गरौ।अब यसलाई एउटा भाडोमा हालेर त्यसमा तीन किलो पानी मिसाएर त्यसमा पाच प्याकेट ग्रीन टी मिसाएर करिब १५ मिनेट चिया झै उमालौ र छानौ।

अब अन्दाजी ५ , ६ गिलास सहितको यो औषधी तयार भयो। यसलाई १४ दिनसम्म लगातार
पिएको खण्डमा तपाईको शरीरमा आश्चर्यजनक परिवर्तन देखिन सक्छ। त्यतिमात्र हैन, १४ दिन पश्चात्त जब तपाईको रिपोर्ट सामान्य आउँछ, त्यसपछि सातामा एक दिन यसको सेवनले युरिक एसिडको समस्या हटेर जान्छ।

युरिक एसिडले के गर्छ ?
युरिक एसिडले हाम्रो शरीरमा एन्टीअक्सिडेन्टको रुपमा काम गर्छ, जसले हाम्रो रक्तकोषिमा हुन सक्ने अदृष्य असरबाट बचाउन मद्दत गर्छ। त्यसैले पनि, युरिक एसिडको लगातारको आपूर्ति हाम्रो शरीरको लागि महत्वपूर्ण मानिन्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१