सुनिल छिदालको ‘ए माया’ सार्वजनिक (भिडियो)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ जेष्ठ २०७६, बुधबार ०६:१०

‘भाइरल ब्वाई’ सुनिल छिदालको स्वरमा रहेको नयाँ गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ । सानै उमेरमै गायन विधामा आफूलाई अब्बल साबित गरेका सुनिलको ‘ए माया’ बोलको नयाँ गीतमा उनी स्वयंले संगीत भरेका छन् । गीतमा खेम छन्त्यालको शब्द रचना छ ।

रोमान्टिक थिमको भिडियो बनाउन सिपालु मानिने रोजल थापाले यस गीतको भिडियोलाई निर्देशन गरेका हुन् । भिडियोमा गायक सुनिल स्वयं फिचर्ड छन् । उनको अपोजिटमा रोजिना राई छिन् । दुईको केमेस्ट्री सुहाएको देखिन्छ । गीतको भिडियोमा सुनिललाई रोजिनाको यादमा तड्पिएको देख्न सकिन्छ ।

विरेन्द्र भट्टको छायांकन रहेको सार्वजनिक भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् । मेघराज मगरातीले भिडियोमा ड्रोन उडाएका छन् । आफ्ना अघिल्ला गीतझैं ‘ए माया’ लाई पनि दर्शक/स्रोतले रुचाउनेमा गायक सुनिल विश्वस्त छन् । निर्देशक रोजल धेरै युवा-युवतीले गीतमा आफ्नो कथा भेट्ने बताउँछन्

https://youtu.be/Xb5tvZNpI8A

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१