बाँसघारीमा भेटियो नालनै नकाटिएको बच्चा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ जेष्ठ २०७६, बुधबार ०६:०१

पोखरामा अनौठो घटना भएको छ । एक महिलाले बच्चा जन्माउने वित्तिकै बाँसघारिमा फालिदिएकी छिन् । पोखरा १६ बाटुलेचौर स्थित अम्बिका टोलमा बस्दै आएकी रञ्जु भनिने सीमा मगरले जन्माउने वित्तिकै छोरीलाई बाँसघारिमा फालिदिएकी हुन् ।उदयपुर घर भएकी सीमा श्रीमानले छोडेपछि पोखरामा बस्दै आएकी थिइन । बस्दै गर्दा चिनेजानेको एकजनासँग उनको शारिरीक सम्पर्क भयो, र बच्चा जन्माईन् पनि ।आर्थिक अवस्था कमजोर भएकी सीमालाई बच्चा पाल्ने आँट आएन उनिले प्रहरी संग भनिन । जन्मिसकेको बच्चा मार्ने हिम्मत पनि उनले गरिनन् र पाल्न नसक्ने भएपछि घर आडैको बाँसघारिमा लगेर फ्याँकिदिईन ताकि अरुले देखोस् र कसैले लगेर पालोस् भनेर । ‘मेरो बच्चाको माया धेरै छ । तर पाल्ने अवस्था छैन । मार्न पनि सकिन, प्रहरीसँगको बयानमा उनले भनिन–कसैले लैजाओस् भनेरै देख्ने ठाउँमा फालिदिएको हुँ ।’
सीमालाई गर्भधारण गराउने पुरुषलाई प्रहरीले पक्राउ गरिसकेको छ । फेला परेको शिशु पनि उनकै जिम्मा लगाउने तयारी छ । स्थानीयले नवजात शिशु देखेपछि प्रहरीलाई खवर गरेका थिए । उक्त सिसुलाई गण्डकी अस्पतालमा राखिएको छ । अहिले बच्चाको अवस्था सामान्य रहेको र घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१