के के हुन् अल्छी मानिसले खाने चार जागिर ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ बैशाख २०७६, बिहीबार ०६:१७

एजेन्सी । थोरै काम गरेर धेरै कमाउने रहर कस्लाई पो नहोला र । दुनियाँमा थोरै काम गरेर धेरै कमाउन सकिने कामहरु पनि रहेका छन् । यसलाई मानिसहरु अल्छिले खाने जागिर भनेर भन्छन् । कम परिश्रम गरेर धेरै पैसा कमाउने काम अथवा अल्छिले खाने जागिर के के हो त ?
इन्टरनेट साइट मार्फत प्रश्नोत्तर सोधी बीबीसीले एउटा सर्भेक्षण गरेको छ । बीबीसीले स्मार्ट तथा अल्छी मानिसका लागि सबैभन्दा राम्रो जागिर कुन होला ? भनेर सोधेको थियो । त्यसमा प्राप्त जवाफमध्ये अल्छीका लागि सबैभन्दा उपयुक्त ४ जागिर यस प्रकार रहेका छन् :

१. विज्ञ बन्ने कामः

जो मानिस बुद्धिमान तर अल्छी छन् उनीहरुको लागि सबैभन्दा राम्रो काम हो केही कुराको विशेषज्ञ बन्नु । तपाइँले मानिसहरुको बीचमा आफ्नो विचार तथा राय बाँड्नुहुन्छ वा उपदेश दिनुहुन्छ तर त्यो विचार अनुसार तपाइँले काम गर्नु पर्दैन, अरुले नै गर्छ ।’ उनका अनुसार आइडिया भन्ने यस्तो चिज हो की जो मानिसलाई सजिलो तथा रमाइलो लाग्छ । सम्भवतः कुनै दोश्रो मानिसलाई नयाँ आइडिया फुराउन हम्मे हम्मे पर्छ र त तपाइँलाई पैसा तिर्छ ।

२.चीनमा अंग्रेजी पढाउने कामः
कम्प्युटर गेम डिजाइनर एन्डी ली चेसिरी लेख्छिन्, ‘बेइजिङमा मैले जति शिक्षकलाई भेटेँ हरेक तिनजनामा एक जनाको दाबी हुन्थ्यो की उनीहरु निकै मेधावी छन् तर निकै अल्छी छन् ।’ चीनमा शिक्षकको माग उच्च रहेको र तलब पनि राम्रो रहेको उनको भनाइ छ । त्यसका साथै जागिर खानका लागि आवश्यक योग्यता तथा मापदण्ड पनि खासै कडा छैनन् । कतिपय अवस्थामा छ अंग्रेजी भाषा बोल्ने देशमा जन्मिएमा मात्रै पनि अंग्रेजी भाषा पढाउने शिक्षकको योग्यता काफी हुन्छ । अंग्रेजी पढाउनेका लागि समयतालिका पनि खुकुलो हुन्छ र धेरैले यसलाई पार्टटाइम जब बनाइरहेका हुन्छन् । चीनमा घुमफिर गर्न जाने अंग्रजी भाषीले रमाइलो गर्दै अंग्रेजी पढाउँदा पनि मध्यम वर्गका चिनियाले जत्तिको सजिलै कमाउने सक्ने उनको दाबी छ । त्यसैले अल्छी मानिसका लागि चीनमा अंग्रेजी पढाउन जानु सबैभन्दा राम्रो विकल्प रहेको उनको भनाइ छ ।

३.कम्प्युटर प्रोग्रामिङ गर्ने काम :

यदि घर तथा कार्यालयभन्दा बाहिर तटा टाढा टाढा जान तपाइँलाई सम्भव छैन भने तपाइँका लागि कम्प्युटर प्रोग्रामर बन्नु उपयुक्त हुने सुझाव छ पल डेलिंगरको । उनका अनुसार यो एउटा निरन्तर सिक्ने प्रक्रिया हो । तर यसमा खासै मेहेनत गर्नुपनि पर्दैन । विस्तारै तपाइँले उहीँ चुनौति बारम्बार आफ्नो अगाडि आएको पाउनुहुन्छ । यसमा काम पनि कम गरे हुन्छ । उत्कृष्ट कम्प्युटर प्रोग्रामरको त काम नै सानो कोड लेख्नु हो । यो करिअरमा पैसा पनि मनग्गे कमाइन्छ, तर मानिसलाई यसले अल्छी बनाउँछ । उनका अनुसार कम्प्युटर प्रोग्रामर बन्नुभयो भने तपाइँलाई ठूलाबडा मानिससँग भेट्ने मौका मिल्छ अनि धनाढ्य लगानीकर्ताहरु तपाइँको आइडियालाई किन्नका लागि मनग्गे पैसा खर्चिन्छन् ।
४.माइक्रोसफ्टको जागिर खाने काम :

अल्छी मान्छेका लागि माइक्रोसफ्टको जागिर उपयुक्त हुन्छ भन्दा नसुहाउँदो लाग्नसक्छ । तर क्वोरा डट कमका प्रयोगकर्ता अरविन्द कृष्णनले भने अल्छी तर स्मार्ट मानिसका लागि माइक्रोसफ्टको बाटो देखाएका छन् । कृष्णनले अर्बपति बिल गेट्सको कथनको हवाला दिएका छन् । बिल गेट्सले भन्थे ‘मैले पनि पनि मुस्किल काम गर्नका लागि सधै अल्छी व्यक्ति छान्दछु । किनकी त्यस्ता मानिसले त्यस्तो काम गर्नका लागि सजिलो तरिका खोज्दछन् ।’
स्रोत : बीबीसी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१