सोप किन खाने ? यस्तो छ फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ बैशाख २०७६, बिहीबार ०६:१६

खाना खाइसकेपछि हामी सोप चपाउँछौं । न यो धेरै स्वादिलो हुन्छ, न बेस्वादको । न यसलाई अघाउनेगरी खाइन्छ, न कुनै तलतल मेट्न । त्यसो भए सोप किन खाइएको होला ?

खाना पचाउनका लागि । मुखको दुर्गन्ध हटाउनका लागि ।

सोपको फाइदा त्यती मात्र छैन । किनभने यो क्याल्सियम, सोडियम, आयरन, पोटासियमको स्रोत पनि हो । सोपमा औषधिय गुण हुन्छन् । खाना खाइसकेपछि सोप चपाउनुको खास फाइदा छ ।

१. सोपले कब्जियतको समस्या हुन दिदैन । यसलाई चिनी वा मिश्रीसित मिलाएर खाएमा यसको समस्या हट्नुका साथै कब्जियतबाट राहत दिन्छ ।

२. सोपको सेवनद्धारा आँखाको रोशनी बढाउन सकिन्छ । सौप तथा मिश्रीको चुर्णलाई मनतातो पानीसित दैनिक सेवन गरेको खण्डमा दृष्टि क्षमता बढ्छ ।

३. पखाला लागेमा सोपको सेवन उत्तम मानिन्छ । सोपलाई बेलको गुदीसित विहान बेलुकी चपाएको खण्डमा अर्जीर्ण कम हुनुका साथै पखाला थामिने गर्छ ।

४. खोकीमा पनि सोप निकै उपयागी मानिन्छ । सोपको साथमा मह मिलाएर खाएमा खोकीको समस्या क्रमश हटेर जान्छ ।

५. खाना पछि सोप खानाले खाना राम्ररी पच्छ । सौपलाई जिरा तथा कालो मरीचसित मिलाएर चूर्ण बनाई मनतातो पानीसित खाएमा यसले राम्रो पाचकको रुपमा काम गर्छ ।

६. पेट सम्बन्धि समस्या होस् वा पेटको दुखाई । भुटेको सोपलाई चपाएर खाएमा यसले पेट सम्बन्धि समस्या नाश गर्नुका साथै पेटको दुखाई कम गर्न मद्दत गर्छ ।

७. पेटबाट अमिलो पानी वा अमिलो डकार आएमा पनि सौपको सेवन लाभदायक मानिन्छ । थोरै सोपलाई पानीमा उमालेर त्यसमा मिश्री मिसाएर सेवन गरेमा यो समस्या तुरुन्तै कम भएर जान्छ ।

८.घाटी बसेमा होस् वा घाँटी पाछिएमा । सौपलाई चपाएर खानाले बसेको घाँटी खुल्नुका साथै घाँटीको समस्या हटेर जान्छ ।

९. दैनिक रुपमा सोपलाूई चपाएर खानाले छालामा समेत चमक आउँछ ।

१०. हात तथा खुट्टा झमभाएमा वा हात खुट्टा पोल्ने समस्या भएमा पनि सोप र धनियालाई बराबर मात्रामा मिलाएर त्यसको मिश्रण बनाएर मिश्री पानीसित खानाले पनि हातखुट्टा पोल्न समस्या वस्तारै कम भएर जान्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१