आँखाले दिन्छन् यी ७ गम्भीर रोगको संकेत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ बैशाख २०७६, सोमबार ११:५८

काठमाडौं। आँखामा देखिने सातातिना कमजोरीले ठूला रोगको संकेत दिइरहेका हुन्छन् । तर, हामीले कतिपय आँखाका कमजोरीहरुलाई बेवास्ता गर्छौं। यी समस्याअरु पछि गएर ठूलो समस्या बन्न सक्ने कुरामा डाक्टरहरुले सचेत गराएका छन् । यदि हामीले आँखामा देखिएका यी संकेतहरुलाई बुझेर समयमै उपचार गर्न सक्यौं भने ठूला रोगबाट बच्न सकिन्छ।

१. ब्रेन ट्युमरः आँखाने धमिलो देख्न, आँखाको रङ बदलिँदै जानु साथै टाउको दुख्नु, थकान र कमजोरी ब्रेन ट्युमरको लक्षण हुन सक्छ ।
२. मोतियाविन्दुः आँखाको नानीको रङ सेतो हुनु मोतियाविन्दुको लक्षण हुन सक्छ । यो रोगले आँखाको लेन्स बिग्रिने खतरा हुन्छ ।

३. कमलपित्तः आँखाको पहेंलोपना बढ्नु कमलपित्त (जण्डिस)को संकेत हो । यसले कलेजो बिगार्छ, रगत पहेंलो हुनुका साथै पाचनशक्ति कमजोर हुन्छ ।
४. मुटुरोगः शरीरमा कोलेस्टेरोलको मात्रा बढ्दा आँखाको ढकनीको दाग बस्न थाल्छन् । यो मुटुरोगको संकेत हुन सक्छ ।

५. एनिमियाः पूरै आँखा सेतो हुनु एनिमिया वा रगतको कमीको संकेत हुन सक्छ । यसो हुँदा थकान, कमजोरी, सास लिन मुस्किल हुने समस्या हुन्छ ।
६. कन्जंटिभाइटिसः आँखा रातो कुनु कन्जंटिभाइटिस नामको रोगको संकेत हुन सक्छ । यसले शरीरमा विभिन्न गिर्खा आउने इन्फेक्सन र एलर्जीजस्ता समस्या हुन्छ ।
७. थाइराइडः आँखा सुन्निनु वा बाहिर उठ्नु थाइराइडको लक्षण हुन सक्छ । यसले आँखामा तनाव पनि गराउन सक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, जेष्ठ ९, २०८१