मात्र एक चम्चा जिरा, जसले घटाउछ मोटोपना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ बैशाख २०७६, सोमबार ११:५२

एजेन्सी । मोटोपना अहिले धेरै युवा पुस्ताको साझा समस्या जस्तै बनेको छ । मोटोपना बढेपछि स्वतःशरीरको तौल ह्वात्तै बढ्छ । त्यसपछि अक्सर मानिसहरु तौल घटाउनका लागि घण्टौं जिम जाने, जमेर ब्यायाम गर्ने र पसिना निकाल्ने गर्छन् ।

यतिमात्रै होइन खानेकुरामा पनि यो हुँदैन, त्यो हुँदैन भनेर छान्नेगर्छन्, त्यस्तै परे डाइटिङ नै गर्छन् । यत्रो गरिसकेपछि पनि केही प्रभाव नपर्दा निराशा मात्रै हात लाग्छ । तर जिराको माध्यामबाट तपाईले कुनै मिहेनत बिना नै आफ्नो तौल कम गर्न सक्नुहुन्छ । वजन कम गर्ने अचुक औषधी हो जिरा । तपाइलाई यो सुनेर हैरानी पनि भएको हुन सक्छ ।

तर यो बास्तविकता हो कि दैनिक एक चम्चा जिराको सेवनबाट तीन गुना मोटोपना कम गर्न मद्दत पुग्छ । एक अनुसन्धानका अनुसार यो पुष्टि भइसकेको छ । पानीमा भिजाएर जिरा खाँदा मोटोपनि तिब्र गतिमा कम गर्न सकिन्छ । ८८ जना मोटी महिलामा गरिएको एक अध्ययन अनुसार जिरा सेवन गर्ने महिलाहरुको तौल निकै कम पाइएको थियो ।

जिराले शरीरमा थप क्यालोरी उत्पादन गर्छ र मेटाबोलिज्म वृद्धि गरेर तपाइको पाचन शक्तिलाई सक्रिया बनाउँछ । यो तौल कम गर्न निकै उपयोगी सावित भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, जेष्ठ ९, २०८१