प्रबासी नेपाली एकता समाज युएईको अधिबेशन सम्पन्न , अध्यक्षमा शशी शिलवाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ बैशाख २०७६, आईतवार ०५:१९

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट प्रबासी नेपाली एकता समाज युएईको प्रथम अधिबेशन दुबईमा सम्पन्न भएको छ। अधिबेशनको उद्घाटन गर्दै राप्रपाका महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देनले मुलुकको स्थिरता र राष्ट्रिय स्वाधीनताको निमित्त राजसंस्था र सनातन हिन्दुराष्ट्र आबश्यक भएको जिकिर गरे । लिङ्देनले राप्रपाको बिषयमा रहेका भ्रमलाई चिर्दै अगाडि बढ्ने बिचार व्यक्त गरे । अधिबेशनको उद्घाटन गर्दै लिङ्देनले भूगोलको नेपाललाई भावनाको नेपालमा रहने प्रबासी नेपालीहरुले खबरदारी गर्नुपर्ने आबस्यकतामा जोड दिए । सो अबसरमा बोल्दै राप्रपा प्रदेश नम्बर ५ का अध्यक्ष प्रदीप कुमार उदयले मुलुकमा भ्रस्टाचार र बेतिथी बढेको भन्दै राप्रपालाई विकल्पको रुपमा स्थापित गर्नु पर्ने बिचार ब्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले प्रबासमा बस्ने नेपालीहरुको रेमिटेन्सबाट चलेको मुलुकमा भ्रष्टाचार र ब्रम्हलुट हुनु दुर्भाग्यपुर्ण भएको बताए । त्रुटिपूर्ण मार्गचित्रले मुलुकलाई समस्याको दलदलमा फसेकोले मार्गचित्र परिबर्तन हुनुपर्नेमा जोड दिए । प्रबास बिभाग प्रमुख बिजय खड्काले प्रबासी नेपालीको मताधिकारको रक्षाको निमित्त राप्रपाले बुलन्द आबाज उठाएको बताए । सो अबसरमा प्रबासी नेपाली एकता समाज मध्य पुर्ब अध्यक्ष तोयानाथ लम्साल लगायत विभिन्न संगठनका प्रमुखहरुले बोलेका थिए।प्रबासि एकता समाज युएईका अध्यक्ष शशी सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमले ३१ सदस्यीय कार्य समितिको सर्बसम्मत निर्बाचित गरेको छ । प्रवासी नेपाली एकता समाज युएईको प्रथम तथा एेतिहासिक अधिवेशनबाट निर्बाचित कार्यसमिति निम्नानुसार छ स्( बरिष्ठ सल्लाहकारस्( श्री विश्व देव शाह सल्लाहकार स्( श्री ब्रिजेश त्रिपाठी सल्लाहकार स्( श्री गोविन्द प्याकुरेल यस प्र। ने। ए। स। का अध्यक्ष स्( श्री शशी सिलवाल बरिष्ठ उपाध्यक्ष स्( श्री मनोज जयसवाल उपाध्यक्ष स्( श्री किशोर के सी सचिव स्( देवराज पौडेल कोषाध्यक्ष स्( नारायण पोख्रेल सह(कोशाध्यक्ष स्( श्री कमल बस्याल प्रवक्ता स्( श्री लक्ष्मण श्रेष्ठ बरिष्ठ सदस्यस्( श्री भिम मल्ल ठकुरी सदस्य स्( श्री महेन्द्र खत्री सदस्य स्( श्री त्रिलोचन बराल सदस्य स्( श्री रोशन संग्रौला सदस्य स्( श्री राम खड्का सदस्य स्( श्री जिबन सिंह ठकुरी सदस्य स्( श्री जगदिश पाठक सदस्य स्( श्री दिपक पौडेल सदस्य स्( श्री गंगा लिम्बु सदस्य स्( श्री मधुकर थापा सदस्य स्( श्री विजय तिवारी सदस्य स्( श्री हर्क बहादुर राणा सदस्य स्( श्री राजु श्रेष्ठ सदस्य स्( श्री टेकराज भट्टराई सदस्य स्( श्री मनोज घिमिरे सदस्य स्( श्री विश्व मल्ल महिला सदस्य स्( श्री शर्मिला थपलिया महिला सदस्य स्( श्री कमला लामा महिला सदस्य स्( श्री सम्झना राडेल

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१