हरियो सिमीका लोभ लाग्दा फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० बैशाख २०७६, शुक्रबार ०४:२८

पोषणको दृष्टिबाट हरियो सिमीमा सबै चीज पाइन्छ । विभिन्न खालका भिटामिन, प्रोटिन, फाइबरको राम्रो स्रोत मात्र नभई घातक प्रकृतिका रोगविरुद्ध लड्ने गुणयुक्त पनि हुन्छ सिमी । थोरै क्यालोरी हुने हरियो सिमीमा चिल्लो हुँदैन तर अन्य पोषक तìव हुन्छन् ।

भिटामिन ए, सी र के का साथै फोलेट, थियामिन, रिबोफ्लाभिन, फलाम, म्याग्नेसियम र पोटासियम हरियो सिमीमा पाइन्छ । कैयौँ शारीरिक विकार घटाउन फलपूmल र तरकारीहरू मज्जाले खानुपर्छ । विभिन्न अनुसन्धानले जनाएअनुसार हरियो सिमीलगायतका वनस्पतिजन्य खाद्यवस्तु बढी खाने गरेमा मोटोपना, मधुमेह मुटुको रोग आदि हुने सम्भावना कम हुन्छ ।

हरियो सिमीको फाइदा

  1. क्यान्सर
    हरियो सिमीमा उच्च मात्रामा क्लोरोफिल हुन्छ । क्लोरोफिलले शरीरमा क्यान्सरजन्य विषालु तìवलाई निस्तेज पार्छ । तपाईंले ग्रिल गरिएका खाद्यवस्तु वा सेकुवा खानु हुन्छ भने हरियो सिमीलगायतका तरकारी पनि सँगै खानु बुद्धिमानी हुन्छ ।
    2.प्रजनन्
    बच्चा जन्माउने उमेरकी महिलालाई वनस्पतिजन्य फलाम तìव बढी मात्रामा आवश्यक पर्छ । जसका लागि उनीहरूले पालुङ्गो, सिमी, फर्सी, हरियो सिमी आदि खानुपर्छ । हार्वर्ड मेडिकल स्कुलको जर्नलमा यसको जानकारी दिइएको छ । यसैगरी, शिशुलाई स्नायुसम्बन्धी समस्या नहोस भनी गर्भवती महिलालाई पर्याप्त मात्रामा फोलिक एसिड चाहिन्छ । एक कचौरा हरियो सिमीले दैनिक आवश्यक पर्ने फोलिक एसिडको १० प्रतिशत र फलामको छ प्रतिशत मात्रा पूर्ति गर्छ ।
  2. डिप्रेसन
    दैनिक हामीले आवश्यक मात्रामा फोलेट प्राप्त ग¥यौँ भने डिप्रेसनबाट जोगिन मद्दत पुग्छ । फोलेटको पर्याप्त मात्राले शरीरमा होमोसिस्टाइन प्रक्रियालाई अवरुद्ध गर्छ । होमोसिसइन प्रक्रियाले गर्दा मस्तिष्कमा रगत र पोषक तìवहरूको आपूर्तिमा समस्या आउँछ । यो प्रक्रिया बढेमा सेरोटोनिन, डोपामिन र नोरेपिनेफ्राइन हर्मोनको उत्पादन घटेर मानिसमा उदासी देखिन्छ । यस अवस्थामा भोक कम लाग्ने, निन्द्रा विग्रने लक्षण देखिन्छ ।

हड्डीको स्वास्थ्य
भिटामिन के को कमी भएको अवस्थमा हड्डी भाँचिने खतरा बढ्छ । यस भिटामिनको पर्याप्त मात्राले हड्डीको स्वास्थ्य सप्रिन्छ किनभने त्यस अवस्थामा क्याल्सियम अधिक प्रयोगमा आएर पिसाबबाट जाने क्याल्सियमको मात्रा घट्छ । एक कचौरा हरियो सिमीमा १४.४ माइक्रोग्राम भिटामिन के हुन्छ । जुन हामीलाई दैनिक चाहिने मात्राको २० प्रतिशत हुन आउँछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१