मौसमविद्ले भने : बंगालको खाडीबाट शक्तिशाली चक्रवात फानीको प्रभावले आज दिउँसो भारी हिमपातसहित हुरीबतास चल्ने भएकाले सचेत रहन आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ बैशाख २०७६, बिहीबार १०:१६

काठमाडौँ । उपत्यकासहित मध्य क्षेत्रको केही ठाउँमा बिहीबार पनि बेलुकीतिर हुरीबतास चल्ने मौसमविद्ले अनुमान गरेका छन् ।

भारतको विहार र पश्चिम बंगालमा बनेको न्यूनचापीय क्षेत्र तथा पश्चिमी र स्थानीय वायुको प्रभावले बिहीबार देशका केही ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना रहेको मौसमविद्ले जानकारी दिनुभयो ।

यस्तै केही ठाउँमा असिना पनि पर्ने अनुमान गरिएको विभागले उहाले बताउनुभयो । बंगालको खाडीको दक्षिण पूर्वी भागमा रहेको शक्तिशाली चक्रवात फानीको प्रभावले शुक्रबार दिउँसोपछि पूर्वी र मध्य क्षेत्रको हिमाली भेगमा भारी हिमपातसहित हुरीबतास चल्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१