हिमाली जिल्ला मुस्ताङमा चौंरीको रगत खाने मेला सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ बैशाख २०७६, बुधबार ०५:२०

मुस्ताङ ।मुस्ताङको बोक्सीखोलामा चौंरीको आलो रगत खाने मेला सुरु भएको छ । मुस्ताङका विभिन्न स्थानीय तहमा बर्सेनि रगत खाने मेला आयोजना हुदै आएको छ ।हिमाली लेकका चौंरीले पाँचऔंले, निरमसी, जटामसी र यार्सागुम्बाजस्ता जटीबुटी खाने हुँदा उक्त रगतले पेटसम्बन्धी रोग निको भई शारीरिक स्फूर्ति बढ्ने, स्वास्थका लागि लाभकर र प्राकृतिक उपचार हुने जनविश्वासले मेलामा सर्वसाधारणको भिड लाग्ने गरेको छ ।
कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम सडकको पश्चिमतर्फको नदी किनारमा मेला लाग्ने गर्छ । पशुको स्वास्थ्य अवस्था परीक्षण गरेर रगत निकालिने गरिन्छ । वसन्त ऋतुको सन्तुलित याममा खर्कबाट बस्तीछेउ झारिने चौंरीको रगत बिक्री गर्ने पुरानै प्रचलन हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१