बलिउड अभिनेत्री एमी ज्याक्शनको तस्बिर सामाजिक संजालमा भाइरल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ बैशाख २०७६, बुधबार ०५:१७

बलिउड अभिनेत्री एमी ज्याक्शन पछिल्लो समय दुबईमा आफ्नो ब्वाईफ्रेण्ड जर्ज पानायिटुसँग समय बिताइरहेकी छन् । अभिनेत्री एमीले सामाजिक सञ्जालमा आफ्ना केही तस्विरहरु साझा गरिरहेकी छन् ।

तस्विरमा अभिनेत्री एमी बैबी बंप लुक्समा देखिएकी छन् । ती तस्विरहरु अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छन् । एमीले इन्स्टाग्राममा आफ्नो ब्वाइफ्रेण्डसँगका तस्विर राखेकी छन्, जहाँ उनी बेबी बंप नजरमा देखिएकी छन् । यसका साथै एमीले एक भिडियो पनि सेयर गरेकी छन् ।

भिडियोमा उनले गल्फ खेलिरेहको देख्न सकिन्छ । जहाँ एमीले ब्ल्याक बिक्किनीमा र ह्वाइट ह्याट लगाएकी छन् । उनी आफ्ना तस्विरका कारण समय समयमा चर्चामा रहने गर्छिन् । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१