रुद्रसिंह तामाङ, प्रशासकिय अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीलगायत अख्तियारको अनुसन्धान घेरामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ बैशाख २०७६, मंगलवार ०५:४३

काठमाडौं । तत्कालीन प्रमुख कार्यकारी रुद्रसिंह तामाङ, प्रशासकिय अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीलगायत अख्तियारको अनुसन्धान घेरामा परेको छ ।

०७६ साउन ३० मा सम्झौता सकिन्छ। तर भ्यू टावर निर्माण सुस्त भएकाले बसपार्क सर्ने सम्भावना छैन। खुलामञ्चमा सारिएको बसपार्कको पिच गर्न थालिएको छ। सेनाले ठूलाठूला भौतिक संरचना बनाएर टुँडिखेलको जग्गा कब्जा गरिसकेको छ। धरहरा निर्माणका सामग्री पनि टुँडिखेलमै राखिएको छ।

सेना र माफियाले टुँडिखेलका जग्गा कब्जा गरेर संरचना बनाउँदा पनि महानगरपालिका मौन बसेकाले सम्पदाप्रेमी र स्थानीयले विरोध जनाएपछि मात्र महानगर तातेर सटर भत्काएको हो। सहमतिबेगर कम्पनीले ४३ सटर बनाएर भाडा असुलीरहेको थियो।

ठेकेदारले पैसा फिर्ता गर्न थाले

खुलामञ्चमा भत्काइएका अवैध सटर र टहराबाट उठाएको पैसा ठेकेदारले फिर्ता गर्न थालेका छन्। महानगर र अख्तियारले ठेकेदार मनोज भेटवालले भत्काएका सटरका व्यापारीलाई बोलाएर रकम फिर्ता दिन थालेका हुन्। डीएसपी बासुदेव खतिवडाले पैसा फिर्ता गर्न थालेको जानकारीमा आएको बताए। ‘आधिकारिक जानकारी छैन तर केही व्यवसायीले फिर्ता पाएको सुनेको छु’ उनले भने।

उनले प्रहरी सम्पर्कमा आउने व्यवसायीलाई ठेकेदारविरुद्ध ठगी मुद्दामा जाहेरी दिन सुझाव दिएको बताए। ‘अन्यायमा परेकालाई जाहेरी दिनुहोस्, प्रहरीले कारवाही गर्छ भन्ने सुझाव छ,’ उनले भने। उनले अहिलेसम्म जाहेरी भने नआएको बताए। खुलामञ्च टहरा भत्काएका एक व्यवसायीले ठेकेदार नै बोलाएर पैसा फिर्ता गर्न थालेको बताए। कतिजनाले फिर्ता लिए विवरण भने आइनसकेको भनाइ खतिवडाको छ।

व्यापारीले ३-१० लाखसम्म फिर्ता पाएका छन्। सम्पदा बचाउ अभियानका संयोजक तथा सम्पदाप्रेमी गणपतिलाल श्रेष्ठले पनि ठेकेदारले पैसा फिर्ता गरेको जानकारी पाएको बताए।

५२ सटर र टहरामध्ये महानगरले ४३ वटा सटर डोजर लगाएर भत्काएको थियो। उत्तरतर्फका ३५ र बसपार्क छिर्ने ठाउँका ८ वटा सटर महानगरपालिका मेयर विद्यासुन्दर शाक्यको नेतृत्वमा शनिबार भत्काइएको थियो। महानगरले दुईवटा शौचालय, दुईवटा प्रतीक्षालय, एउटा क्यान्टिन, एउटा मेडिकल पसल, एउटा टिकट काउन्टर, एउटा ट्राफिकको बोर्ड राख्ने स्थान र एक म्यानेजमेन्ट बस्ने कोठा गरी ९ सटर निर्माणको सम्झौता गरेको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१