सूचना प्रविधि सम्बन्धी विधेयकमाथि प्रारम्भिक छलफल शुरु

ssapana44@gmail.com' jamuna aryal
१६ बैशाख २०७६, सोमबार १८:२२

काठमाडौं  संघीय संसदको विकास तथा प्रविधि समितिमा ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि प्रारम्भिक छलफल शुरु भएको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा सो विधेयकमाथिको प्रारम्भिक छलफल शुरु गरिएको हो । छलफलमा भाग लिँदै समितिका सदस्यहरुले सूचना, प्रविधिका कारण हुने महिला हत्या, हिंसालगायतका जघन्य अपराध नियन्त्रण गर्न सरकारसँग माग गरेका थिए ।

समितिकी सदस्य इन्दुकुमारी शर्माले महिला हत्या, हिंसालगायतका अपराधका घटना हुन नदिने गरी आवश्यक सूचना प्रविधि सम्बन्धी कानूनको व्यवस्था गर्न सरकारसँग माग गरे । उनले सूचना प्रविधिलाई नियन्त्रण गर्ने भन्दा पनि त्यसको दूरुपयोग हुन नदिने गरी कानून निर्माण गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

समितिका अर्का सदस्य केदार सिग्देलले सूचना प्रविधिको दुरुपयोग हुन नदिन सरकारलाई सचेत गराए । उनले सूचना प्रविधिको दुरुपयोगबाट हुने अपराधजन्य घटना नियन्त्रणको नाममा सूचना प्रविधिमाथि नै प्रतिबन्ध लगाउने काम नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

सरकारले ल्याएको सो विधेयक सूचना प्रविधिलाई नै नियन्त्रण गर्ने गरी आएको भन्दै आलोचना गर्न पनि शुरु गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१