योगी योगेन्द्र
संखुवासभा जिल्लाको धुपू गाबिसमा जन्मनु भएका कमलिकान्त भेटुवाल यति बेला झम्केगुलेलीले स्टार भनेका छन् ।‘सबेरै बाख्रा उकालो लागे, घोर्ले बाख्रो खोइ भन हो झम्केगुलेली’ भन्ने गीतको बोलकोबाट चर्चामा आउनु भएका कमलिकान्त भेटुवाल यति बेला चर्चाको सिखरमा हुनुहुन्छ । २०६० सालमा संखुवासभा जिल्लाबाट उच्च शिक्षा हासिल गर्नको काठमाडौं पुग्नु भएका भेटुवाल मरब क्याम्पस ताहाचलमा भर्ना हुनु भयो । उनि आफनो डेरामा बस्दा पुर्बेली गीतहरु गुन्गुनाउनु हुन्थ्यो । कमलिकान्त साथीहरु भन्ने गर्थे अब तिमी संगीतको क्लास लिनु तिम्रो स्वर धेरै राम्रो छ त्यसपछि उनले गीतहरु गाउँन थाले र २०६० सालमा रेडियो नेपालबाट स्वर परीक्षा पनि पास गर्नु भयो । उनको झम्के गुलेली गीतको बोल नै सबैको मुखमा झुण्डिएपछि उनी सांगीतिक छेत्रमा चम्कदै जानुभयो । ‘सोच्दै नसोचे क्षेत्रमा सफल हुँदै गएजस्तो लाग्यो’, भेटुवाल खुशी हुदै भन्नुभयो । झम्केगुलेली एल्बमलाई भेटुवालले चार भागसम्म बजारमा निकालिसक्नु भएको छ । कमलिकान्त भेटुवालको गीत यस बर्षको इमेज अवार्डमा सर्बोउत्कृष्ट लोक गायक तर्फ ‘गोरेटोको बाटोमुनी वरपीपलको छाया’ भन्ने गीतको बोल र लोक गीत संकलन विधा तर्फ ‘लै लै माया लै’ भन्ने गीत इमेज अवार्डमा नोमिनेशनमा परेको छ ।
प्रतिक्रिया