लोन प्रवाह नगर्न बैंक तथा वित्तिय संस्थाहरुलाई अर्थमन्त्रीको आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ बैशाख २०७६, सोमबार ०७:००

काठमाडौं । अर्थमन्त्री डा. युुवराज खतिवडाले जथाभावी लोन प्रवाह नगर्न बैंक तथा वित्तिय संस्थाहरुलाई आग्रह गरेका छन् ।

अर्थमन्त्री खतिवडाले जोखिममा पर्ने गरेको उल्लेख गर्दै जथाभावी लोन प्रवाह नगर्न बैंक तथा वित्तिय संस्थाहरुलाई सचेत गराएका हुन् ।

आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बैंकहरुले आफ्नो २० प्रतिशत बचत आयमूलक काममा लगानी गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

मन्त्री खतिवडाले व्यापारिक प्रयोजनमा लगानी गरिएको बचतले उच्च प्रतिफल दिने पनि स्पष्ट पारे ।

अर्थमन्त्री खतिवडाले बैंक तथा वित्तिय संस्थाहरु सबै बन्द हुने अवस्था आएकाले सरकारले ‘मर्जर’ अभियान संचालन गर्नु परेको पनि स्पष्ट पारे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१