लमजुङ । दोर्दी गाउँपालिका २, अर्चलबोट साँखरकी १३ बर्षीय किशोरीको हत्या अभियोगमा एक दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ । घाँटीमा सल बेरिएको अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
बालिकाको नाताले हजुरबुवा र हजुरआमा पर्नेलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ । अर्चलबोटको लक्ष्मी मावि कक्षा ६ मा पढ्ने १३ बषर्ीया अनिशा परियारको मृत्यु अस्वभाविक देखिएपछि अनुसन्धान भइरहेको हो । प्रहरीले दोर्दी(३ श्रीमञ्ज्याङका ४५ बषर्ीय राजकुमार परियार र उनकी श्रीमती ४९ वषर्ीया जालु परियारलाई नियन्त्रणमा लिएको डीएसपी यादव ढकालले बताए ।
तनहुँको बाइसजँघारमा विहेभोजपछि बुवा काममा गएको र आमा किताव किन्न गएपछि अनिशा नाताले हजुरबुवा हजुरआमासंगै घर फर्केकी थिइन् । प्रहरी स्रोतका अनुसार अनिशालाई घर पुर्याएपनि राजकुमार घर नगई एक्ली अनिशासंगै बसेका थिए । घरभित्र रहेकी अनिशालाई जवर्जस्ती गर्न खोजेको र नमानेपछि घटना बाहिर आउने डरले किशोरीलाई घाँटीमा अँठ्याएको राजकुमारले स्वीकारेका छन् । स्थानीयले घटना भएको दिन राजकुमार र उनकी पत्नी उक्त ठाउँमा भएको जानकारी दिएपछि दुवैजनालाई पक्राउ गरी अनुसन्धान गर्दा पोल खुलेको प्रहरी स्रोतले बताएको छ ।
प्रतिक्रिया