दिल्ली क्यापिटल विजयी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ बैशाख २०७६, सोमबार ०४:५५

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा दिल्ली क्यापिटल विजयी भएको छ । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) माथि दिल्लीले १६ रनको जित निकाल्दै दिल्ली आईपीएलको शीर्ष स्थानमा पुगेको छ । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको प्ले अफमा प्रवेश गरेको छ ।

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्लीले आईतबार भएको खेलमा बैंगलोरलाई १६ रनले हराएको हो । जितसंगै दिल्लीले प्ले अफमा स्थान पक्का गरेको हो ।दिल्लीले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको बैंगलोरले ७ विकेट गुमाएर १ सय ७१ रन मात्र बनाउन सक्यो । दिल्लीको जितका लागि अमित मिश्रा र कासिगो रबड्डाले उत्कृष्ट बलिङ गरे । मिश्रा र रबड्डाले दुईदुई विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीका लागि शिखर धवन र श्रेयश अयरले अर्धशतक बनाए। अयरले ३७ बलमा ५२ रन बनाए भने धवनले समान ३७ बलमै ५० रन बनाए । अन्य ब्याट्सम्यानले मध्यम स्तरको ब्याटिङ गरे। दिल्लीले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १८७ रन बनाएको थियो । दिल्लीले अन्तिम दुई ओभरमा ३६ रन जोडेको थियो ।

१८८ रनको लक्ष्य पछ्याएको आरसीबी पूरै २० ओभर खेल्दा ७ विकेटको क्षतिमा १७१ मा समेटियो । यो जितसँगै दिल्ली १२ खेलबाट १६ अंकसहित शीर्ष स्थानमा पुगेको छ । दिल्लीको यो जितले शीर्षस्थानमा रहेको चेन्नई सुपर किङ्स १२ खेलबाट १६ अंकसहित दोस्रो स्थानमा झरेको छ । मुम्बई इन्डियन्स ११ खेलबाट १४ अंकसहित तेस्रो स्थानमा झरेको छ। अंक तालिकाको चौथो स्थानमा सनराइजर्स हैदरावाद छ। उसले ११ खेलबाट १० अंक बनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१