अभिनेत्री सारा अलि खान देखिइन् अटो रिक्सामा , लग्जरियस कार छोडेर किन अटोमा कुदिन् सारा ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ बैशाख २०७६, सोमबार ०४:१२

एजेन्सी । बलिउडमा डेब्यु गरे सँगै अभिनेत्रि करिना कपुरकी सौतेनी छोरी सारा अलि खान निकै चर्चामा आइरहेकी छिन् । अभिनेत्री सारालाइ धेरैले सुन्दरता र अभिनयका कारण मन पराउने मात्र होइन उनको चुलबुले बानिले पनि मन पराउछन् । पछिल्लो समय म्यागजिन कभर पेजका लागि अभिनेत्री सारा अलि खानको फोटोसुट पनि निकै भाइरल भयो ।यसैक्रममा अहिले उनको एउटा भिडियो निकै भाइरल भएको छ।

उनका फ्यानहरूले उक्त भिडियो निकै शेयर पनि गरेका छन् ।खुल्ला हृदय भएकी अभिनेत्री सारा यदि कतै अटो रिक्सामा हिडेको देखेपनि अचम्म मान्नु पर्दैन । सारालाई बान्द्रामा सेलिब्रेटी इस्टाइलिस्ट तान्या घावरीसँग अटोबाट बाहिर निस्किँदै गरेको भेटिएको थियो। अहिले उक्त भिडियो निकै भाइरल भइरहेको छ ।भिडियोमा अटोरिक्सा चालकसँग फिर्तापैसा लिँदै गरेको देखिएको छ।उनी अटो रिक्सामा यात्रा गरेको यो पहिलो घटना भने नभएकोे बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१