एनआईसी एसियाको शाखा नुवाकोटमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ बैशाख २०७६, आईतवार ०४:५४

नुवाकोट । एनआईसी एसिया बैंकले नुवाकोटको बिदुर नगरपालिकास्थित बेत्रावतीमा शाखा संचालन गरेको छ । बेत्रावती शाखाको बिदुर १० का वडाध्यक्ष गणेश कुमार नेपालले एक कार्यक्रमका बीच उद्घाटन गरे। उद्घाटन समारोहमा प्रमुख अतिथि गणेश नेपालले एनआईसी एशिया बैंक निजि क्षेत्रको बैंक रहेको र शाखा सञ्जाल विस्तार गर्ने रणनीति राम्रो भएको भन्दै नागरिकहरुको बचत गर्ने बानी पनि बस्ने र यस्ता रणनीतिले देशको आर्थिक विकासमा टेवा पुग्ने बताए । त्यस्तै, उप प्रादेशिक कार्यालय प्रमुख बिकास खरेलले न्यून आए भएका देशका ग्रामीण तथा बिकट स्थानमा बसोबास गर्ने स्थानीय सर्वसाधारणहरूलाई वित्तीय सेवाको पहुँचमा ल्याउने र शाखा बिस्तार कार्यलाई निरन्तरता दिदै जाने बताए। यो सहित मुलुकभर बैंकका २८१ शाखा कार्यालयहरु संचालनमा आएका छन्। २८९ एटिएम, ३२ वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा प्रदान गर्दै आएको र नुवाकोटको बिदुर नगरपालिकामा ३ वटा शाखा कार्यालय संचालनमा रहि कार्य गर्दै गरिरहेको एनआइसी बेत्रावती शाखा कार्यालयका शाखा प्रबन्ध पुरुषाेत्तम सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१