हेल्दी होमको शाखा भक्तपुरमा,मोटोपन निर्मुलपार्ने कम्पनीको दावी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ बैशाख २०७६, आईतवार ०४:४७

भक्तपुर । मानिसको सरीरमा लाग्ने रोग मध्ये अधिकांस रोग मोटोपनाको कारणले लाग्ने हुदा त्यसलाई निर्मुल पार्न भन्दै हेल्दीहोमको शाखा भक्तपुरमा विस्तार भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङक अनुसार नेपालमा ७० प्रतिशत जसो रोगहरु मोटोपनको कारणले गर्दा लाग्ने गर्दछ ।

काठमाण्डौंमा धेरैको मन जित्न सफल मानिएको हेल्दी होमको शाखा भक्तपुरको सल्लाघारीमा विस्तार गरिएको हो । कार्यक्रम प्रमुख अतिथि समेत रहेका पूर्वमन्त्री शेरबहादुर तामांग र बरिष्ठ नायिका करिश्मा मानन्धरको उपस्थिति रहेको थियो । कार्यक्रममा मोटोपन र हेल्दी होमको बारेमा चर्चा गर्दै हेल्दी होमले मेशिनको मार्फत तथा औषधिको माध्यम दुवै तवरले मोटोपन हटाउन मद्दत गर्ने हेल्दी होमका संचालकले बताए ।

मुटु रोग, श्वासप्रश्वासमा समस्या, डाइबेटिज, उच्च रक्तचाप तथा कोलेस्ट्रोल, हाइपरटेन्सन, क्यान्सर आदि मोटोपन सम्बन्धित रोगहरु हुन भन्दै भुसालले कुनै साइडइफेक्ट बिना युवा देखि बृद्ध सम्म सबै उमेरका व्यक्तिको मोटोपना हेल्दीहोम पोखराले ग्यारेन्टीका साथ घटाउने दावी गरे । मोटोपनबाट ग्रसित मानिसहरुमा डाइबेटिज जस्ता रोगहरु लाग्ने सम्भाबना सामान्य मानिसमा भन्दा ४ गुणा बढि हुने हुदा भयाबहक रोगहरुबाट बची स्वस्थ रहनको लागी शरीर भित्र रहेको बोसोलाइ जरैदेखि निर्मुल पार्नुपर्ने बताए । हेल्दि होमले बिना कसरत बिना असर मानिसको शरीरमा भएको त्यस्तो बोसो हटाइ मोटोपना वाट छुटकारा दिलाउने दाबी उनले गरे । स्वास्थ्य र सुन्दरता दुवैको लागी मोटोपनको उपचार गर्नु अत्याबश्यक रहेको छ भन्दै भुसालले कोरिया लगाएत विश्वका अत्याधुनिक प्रविधिवाट आफुहरुले सेवा दिदै आएको वताए ।

विज्ञहरुले पनि शारीरिक व्यायाम गर्नु, दैनिक खानपानमा ध्यान दिनु लाइ मोटोपनको प्राकृतिक उपचार मानेका छन भने अल्ट्रासोनिक उपचार मोटोपनको उपचारको उपयुक्त वैज्ञानिक बिधि मानेका छन । यही अल्ट्रासोनिक विधि हेल्दी होमले भित्राएको हो ।नेपालमै पहिलो पटक बिगत १० वर्ष देखि निरन्तर सेवा दिँदै आईरहेको यस हेल्दी होम एण्ड नेचुरल हेल्थ केयर सेन्टरमा अत्याधुनिक प्रबिधिद्वारा औषधि, सर्जरी तथा शारीरिक व्यायाम बिना नै १ दिनमा १ देखि २ के.जि सम्म शरीरको मोटोपन घटाउन सकिने प्रालिले जनाएको छ । साथै शरीरको मेटाबोलिज्म लाई सन्तुलनमा राख्ने, शरीरको सेप मिलाउने, १ महिनामा ५ देखि १० ईन्च सम्म शरीरको ईन्च घटाउने, पेटमा भएको धर्सा, अनुहारको चाउरीपना मेटाउने, साइज मिलाउने तथा जस्ता मानिसको स्वास्थ्य र सुन्दरता संग सम्बन्धित सम्पूर्ण उपचार हेल्दी होम मा हुने संचालकले वताए ।

मोटोपन हटाउने अन्य उपचार का बिधि भन्दा हेल्दी होम कैयौं गुर्णा सस्तो र भरपर्दो भएको उनले दाबी गरे । यस्तो प्रकारको प्राकृतिक हेल्थ केयरले तौल घटाउन, स्वास्थ्य र सुन्दरता बनाउन, आफ्नो उमेरको १० देखि १५ बर्षसम्म आफ्नो आयु बढाउन मद्धत पु¥याउने भएको डाइटीसीयन कृष्ण भण्डारीले बताउदै आएका छन ।

यस पद्दति बाट बिरामीहरुको पनि मोटोपना घटाउन सकिन्छ । काठमाण्डौ उपत्यका लगायत देशका बिभिन्न ठाउँबाट सेवा दिँदै आइरहेको यस हेल्दी होमले वर्षौ देखि व्यायाम र अन्य उपायहरुबाट आजित भईसकेका हजारौँ महानुभावहरुलाई सन्तुष्टि प्रदान गर्दै स्वस्थ जिवन यापन गर्न सहयोग पु¥याईरहेको प्रालिको दाबी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१