चक्रपथ सरसफाई महा- अभियानको १०७ हप्ता पुरा ,घरदैलो अभियान जारि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ बैशाख २०७६, आईतवार ०४:२९

काठमाडौं । ‘सुन्दर शहर हामी सबैको रहर, स्वस्थ वातावरण स्वस्थ जीवन’ भन्ने नाराका साथ काठमाडौंको चक्रपथ सरसफाई महा- अभियानले १०७ औ हप्ता पार गरेको छ ।

काठमाडौंको वसुन्धरामा रहेको ग्रीनसिटी हस्पिटलको संयोजनमा भएको चक्रपथ सरसफाई महा-अभियानले शनिवारदेखि १०७ औं हप्ता पुरा गरेको छ ।

प्रत्येक हप्ताशनिबार बिहान ७ देखि ९ बजे सम्मफोहर संकलन अभियानमा काठमाडौ महानगरपालिका , टोखानगरपालिका , लायन्स क्लब , ग्रिनसिटी अस्पताल, यतिहेल्थ साइन्स एकेडेमी, हिमालय बाताबरण सस्था , पत्रकार ,कलाकार , राजनीतिज्ञ , प्रहरी सशस्त्र प्रहरी , नेपाली सेनाको समेत सहभागिता हुने गरेको छ । बिभिन्न संघसंस्थाको सहयोगमा स्वतःस्फूर्त रुपमा सरसफाई अभियान सञ्चालन हुदै आएको छ ।

सडकको दायाबायां सार्बजनिक ठाउमा बर्षौ देखि फालिएका हरेक किसिमका फोहोरहरु निकै मेहनतका साथ घीन नमानी उठाउने कार्य भएपछि अहिले त्यो क्षेत्रको अनुहार बदलिएको छ । तर अझै पनि फोहर उठाउदै जाने अनि सोही क्षेत्रका नागरिकहरुले यत्रतत्र फोहर फाल्न भने छाडेका छैनन ।

ग्रिनसिटी अस्पतालको सयोजनमा प्रारंभ गरिएको सफाई अभियानले १०१ हप्ताबाट घरदैलो अभियानलाई जोड दिएको छ ।

१०७ औ हप्तामा आइपुग्दा घरदैलो कार्यक्रमलाई प्राथमिकता संगै सबैजना जनचेतना संगै अगाडी बढाउने र फोहोर हुनै अभियानमा लाग्ने सरसफाई अभियानका अभियन्ताहरुको भनाइ रहेको छ । ५०० जनाको सहभागिता रहेको घरदैलो कार्यक्रममा ६ टन फोहोर समेत संकलन गरिएको थियो ।

कार्यक्रमलाई थप हौसला दिन धार्मिक अभियन्ता दिनबन्धु पोखरेलको उपस्थिती रहेको र आध्यात्म बाद होस या बिज्ञान फोहर फोहर नै हो यसको शुद्धिकरण आफ्नैं मन र कर्मबाट हुनु पर्ने र आफ्नो निजी जिन्दगीबाट नै शुरुवात गरिनु पर्नेमा जोड दिदै कुनै धर्म र जाती संप्रदाय राजनितिले यस्ता अभियानमा खुलेर समर्थन गर्दै अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो ।

सडकमा मात्र नभई भित्रि बस्तीमा पनि जथाभावी फालिने फोहोरमैलाले बटुवालाई मात्र हैन, पसल र घरमा बस्ने मानिसहरुलाई समेत असर गर्न थालेपछि घरदैलो सरसफाईमा अभियान थालिएको अभियानका संयोजक लोकबहादुर टण्डनले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१