क्रिकेट: एपिएफलाई क्रिकेटको उपाधी

ssapana44@gmail.com' jamuna aryal
१३ बैशाख २०७६, शुक्रबार ०९:३०

बाँके – बाँकेमा जारी आठौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत क्रिकेट तर्फ एपिएफले बाजी मारेको छ । बाँकेको कोहलपुर अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको फाईनल खेलमा नेपाल पुलिस क्लबलाई पराजीत गर्दै एपिएफले उपाधिमाथी कब्जा जमाएको हो । त्यसैगरी महिला विधामा समेत एपिएफले बाजी मारेको छ । कोहलपुर क्रिकेट मैदानमा भएको फाईनल खेलमा टस जितेर ब्याटिङमा उत्रिएको एपिएफले पहिलो पारीमा १ सय १० रन जोड्न सफल भएको थियो ।

अनुभवी खेलाडीहरुको बर्चश्व रहेको एपिएफमा नयाँ खेलाडीहरुको प्रस्तुती उल्लेखनिय रह्यो । टिमकालागि अनिल शाहाले ४ चौकाको मद्धत्तले सर्वा्धिक ३१ रन जोडेका थिए । शंकर रानाले २३ रन जोडे । राष्ट्रिय टिमका प्रभावशाली खेलाडी शरद भेषवाकरले ९ रन जोड्दा भुवन कार्कीले ११ रन जोडेका थिए । बसन्त रेग्मीको नेतृत्वमा उत्रिएको एपिएफलाई रोक्ने क्रममा नेपाल पुलिस क्लवका ललित नारायण राजवंशीले ३ विकेट लिएका थिए भने सागर ढकालले २ तथा दिपेन्द्र सिंह ऐरी र मंजित श्रेष्ठले समान १÷१ विकेट लिए ।

१ सय ११ रनको विशाल लक्ष्य पछ्याएको नेपाल पुलिस क्लव ७८ रनमै समेटियो । सुरुवाती ब्याट्सम्यान सुनिल धमलाले १५ रन जोडेपनि अन्य खेलाडीहरु क्रिजमा जम्न सकेनन् । सुरुवाती ओभरमै धर्मराएको पुलीसलाई कप्तान मंजित श्रेष्ठले लयमा ल्याउने प्रयास गरेका थिए । श्रेष्ठले ३६ बलमा १ छक्का र २ चौका प्रहार गर्दै २९ रन जोडेपनि टिमलाई जिताउन सकेनन् । पुलीसलाई दवावमा राख्ने क्रममा एपिएफका बलर कमलसिंह ऐरीले ३ विकेट लिएका थिए भने एपिएफका कप्तान बसन्त रेग्मी र सरद भेषवाकरले समान २÷२ विकेट लिएका थिए । त्यसैगरी भुवन कार्की र अमरसिंह रौटेलले समान १÷१ विकेट लिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१