आई जोसेफ पब्लिक स्कुलका प्रिन्सिपल अधिकारीलाई मन्त्री पण्डितद्वारा राष्ट्रिय सम्मान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ बैशाख २०७६, बिहीबार ०५:५०

काठमाडौं । आई जोसेफ पब्लिक स्कुलका प्रिन्सिपल होम बहादुर अधिकारी (मनोज) राष्ट्रिय खबर डटकमको छैठौ वार्षिकोत्सवको अबसरमा संघिय मामिला तथा सामान्य प्रसाशन मन्त्री लालबाबु पण्डितद्वारा सम्मानित भएका छन्।

उनलाई शिक्षा क्षेत्र मार्फत राष्ट्र हितको खातिर योगदान पुर्‍याएको भन्दै राष्ट्रिय खबर डटकमले सम्मान गरेको हो। लामो समय देखि शिक्षा क्षेत्रमा लाग्दै आएका अधिकारीलाई बिसेष अवसर पारेर सम्मान गरिएको राष्ट्रिय खबर डटकमका प्रधान सम्पादक मुकुन्द ढुंगानाले बताउनुभयो ।

निष्पक्ष शैक्षिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गरे वापत उनलाई सम्मान गरिएको 
ढुंगानाको भनाइ छ । अधिकारी जोसेफ पब्लिक स्कुल र कलेजका संचालक समेत हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१