आई एम एस ग्रुपका अध्यक्ष मलहोत्रालाई मन्त्री पण्डितद्वारा राष्ट्रिय सम्मान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ बैशाख २०७६, बिहीबार ०५:१५

काठमाडौं । आई एम एस ग्रुपका अध्यक्ष दिपक मलहोत्रा राष्ट्रिय खबर डटकमको छैठौ वार्षिकोत्सवको अबसरमा संघिय मामिला तथा सामान्य प्रसाशन मन्त्री लालबाबु पण्डित द्वारा सम्मानित भएका छन्।

उनलाई उद्योगी व्यवसायी मार्फत राष्ट्र हितको खातिर योगदान पुर्‍याएको भन्दै राष्ट्रिय खबर डटकमले सम्मान गरेको हो। विगत लामो समय देखि आर्थिक क्षेत्रमा लाग्दै आएका मलहोत्रालाई बिसेष अवसर पारेर सम्मान गरिएको राष्ट्रिय खबर डटकमका प्रधान सम्पादक मुकुन्द ढुंगानाले बताउनुभयो ।

निष्पक्ष रुपमा अर्थतन्त्र र आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान गरे वापत उनलाई सम्मान गरिएको ढुंगानाको भनाइ छ । मलहोत्रा एकदर्जन भन्दा बढी ठुला कम्पनीका संचालक समेत हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१