सामाजिक सञ्जाल कम्पनी फेसबुकले गत महिना भएको पासवर्डसँग सम्बन्धित घटनाबाट ‘दशौं लाख’ इन्स्टाग्राम प्रयोगकर्ताहरु प्रभावित भएको पुष्टि गरेको छ ।
इन्स्टाग्रामको स्वामित्व रहेको सामाजिक सञ्जाल कम्पनी फेसबुकले एक ब्लग सार्वजनिक गर्दै यसको पुष्टि गरेको हो । यसअघि फेसबुकको पासवर्डसँग सम्बन्धित घटनाबाट दशौं हजार प्रयोगकर्ता प्रभावित भएको बताइएको थियो ।
‘हामीले हालै इन्स्टाग्रामका पासवर्डहरु रिडेबल फम्र्याटमा स्टोर गरेको पत्ता लगाएका छौं ।’ कम्पनीले जनाएको छ, ‘हाम्रो अनुमान अनुसार यसबाट दशौं लाख इन्स्टाग्राम प्रयोगकर्ताहरु प्रभावित भएका छन् । यसबारे हामी हाम्रा प्रयोगकर्तालाई सूचना दिनेछौं ।’
‘हाम्रो अनुसन्धानले स्टोर भएका ती पासवर्डहरु आन्तरिक रुपमा दुरुपयोग भएको वा ती पासवर्डमा कसैले पहुँच पु¥याएको भेटेका छैनौं ।’ फेसबुकले ब्लगमा लेखेको छ ।
फेसबुकले यस घटनाबाट कति लाख प्रयोगकर्ता प्रभावित भए भन्नेबारे भने केही खुलाएको छैन ।
अघिल्लो महिना फेसबुकले आफ्ना प्रयोकर्ताका लाखौं पासवर्डहरु वर्षौंसम्म पढ्न सकिने रिडेबल फम्र्याटमा स्टोर गरेर राखिएको स्वीकार गरेको थियो ।
ती पासवर्डहरु केबल २ हजार प्राविधिकको पहुँचमा मात्र रहेको बताउँदै फेसबुकले त्यसको दुरुपयोग भने नभएको दाबी गरेको थियो ।
प्रतिक्रिया