चलचित्र ‘प्रेम गीत ३’ निर्माणको घोषणा

ssapana44@gmail.com' jamuna aryal
११ बैशाख २०७६, बुधबार १६:००

काठमाडौं चलचित्र ‘प्रेम गीत ३’ निर्माणको घोषणा गरिएको छ । फिल्मका निर्माता सन्तोष सेनले यस वर्षको चैत २८ गतेलाई रिलिज तोक्दै फिल्म निर्माणको घोषणा गरे ।

नयाँ वर्षको अवसर पारेर यो फिल्म रिलिज हुनेछ । निर्माता सन्तोष सेन र छेतेन गुरुङले सयुंक्त रुपमा फिल्मको निर्देशन गर्नेछन् ।

निर्माता सन्तोष सेनका अनुसार यो फिल्मको छायांकनको लोकेशन र पनि फाइनल भइसकेको बताइएको छ । फिल्मबारे थप जानकारी छिट्टै पत्रकार सम्मेलन गरेर जानकारी दिइनेछ ।

यसअघि सोही नामका दुई फिल्म ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ व्यावसायिक रुपमा सफल भएका थिए । दुवै चलचित्रमा प्रदीप खड्का मुख्य अभिनेतामा थिए भने ‘प्रेम गीत’ मा प्रदीपको जोडी पूजा शर्मासँग थियो । यस्तै ‘प्रेम गीत २’ मा प्रदीपले अश्लेषा ठकुरीसँग रोमान्स गरेका थिए ।

‘प्रेम गीत ३’ मा प्रदीप खड्का दोहोरिने पक्का भए पनि निर्माण टिमले आधिकारिक घोषणा गरेको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१