काठमाडौं – सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्द्धकालीन न्याय निरुपणकासम्बन्धि आयोगले हालसम्म गरेका कामहरुको विवरणसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।
आयोगले बुधबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाललाई प्रतिवेदन बुझाएको हो ।
आयोगको प्रतिवेदनमा सत्य निरुपण तथा मेलमिलापका लागि परेका उजुरीहरुको विवरण पनि उल्लेख गरिएको छ ।
हाल पदाधिकारीविहिन रहेको सो आयोगको प्रतिवेदन निमित्त सचिव गोपिचन्द्र भट्टराई नेतृत्वको कर्मचारीहरुले मन्त्री ढकाललाई बुझाएका थिए ।
चैत्र मसान्तमा आयोगको पदाधिकारीको म्याद सकिनु अघि नै तयार पारिएको प्रतिवेदन सरकारलाई बुझाइएको निमित्त सचिव भट्टराईले जानकारी दिए ।
आयोगको प्रतिवेदन बुझेपछि मन्त्री ढकालले आयोगको काम कारबाहीलाई प्रभावकारी बनाउन र त्यहाँ रहेका सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी उजुरी र दस्ताबेजहरुको सुरक्षाका लागि उचित व्यवस्था गर्न आयोगका कर्मचारीलाई निर्देशन दिए ।
सरकारले चैत्र मसान्तमा सकिएको आयोगको पदाधिकारी नियुक्तीका लागि सिफारिस गर्न पूर्व प्रधानन्यायाधिश ओमप्रकाश मिश्रको संयोजकत्वमा सिफारिस समितिनै गठन गरेको छ ।
प्रतिक्रिया