अनुहारमा अनावश्यक रौँ छ ? सुन्तलाको बोक्राले हटाउनुस् !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० बैशाख २०७६, मंगलवार ०४:१०

काठमाडौं । अनुहारमा आएका अनावश्यक रौँले कतिपयलाई हैरान बनाएको हुन्छ । यस्ता रौँले महिलालाई अझ बढी कुरुप देखाउने भएकाले पनि यो चिन्ताको विषय बनेको हुन्छ । यस्तो समस्याबाट छुटकारा पाउने योजनामा हुनुहुन्छ भने सुन्तलाको बोक्रा र महको प्रयोग गर्न सक्नु हुन्छ ।

-सुन्तलाको बोक्रामा भिटामिन सी हुन्छ । जसले फ्री रेडिक्लससँग लड्ने काम गर्छ । परिणाम रौँ उम्रिने प्रक्रियामा ढिलाइ उत्पन्न हुन्छ ।
सुन्तलाको बोक्राले प्राकृतिक ब्लिचिङको समेत काम गर्छ । यसका एन्टीअक्सिडेसन हुन्छ । त्यसैले अनुहारको अनावश्यक रौँ हटाउनका लागि सुन्तलाको बोक्राको धुलो प्रयोग गर्न सकिन्छ ।

-त्यसपछि आफ्नो गाला र अन्य आवश्यक ठाउँमा पेस्टलाई राम्रोसँग लगाउनुहोस् ।

-पेस्ट लगाइसकेपछि केहीबेर सुक्खा हुन दिनुहोस् । तर, महले पूर्ण रुपमा सुक्खा हुन भने दिँदैन ।

-यसका लागि सानो कचौरामा सुन्तलाको धुलो र एक चम्चा मह लिनुहोस् । अनि यसको पेस्ट बनाउनुहोस् ।

-जब पेस्ट आंशिक रुपमा सुक्खा हुन्छ, त्यसपछि बिस्तारै मसाज गर्नुस् ।

त्यसपछि आफ्नो अनुहारलाई पानीले सफा गर्नुस् । नियमित यस्तो गतिविधि एक महिनासम्म गरेमा राम्रो परिणाम दिन थाल्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१