काठमाडौं – पशुपति क्षेत्र विकास कोषले भक्तजनको सुविधाका लागि स्मार्ट शौचालय सञ्चालनमा ल्याउने भएको छ । ‘डोनर’मार्फतमा १९ वटा शौचालय कोषमा आइसकेका छन् तर हस्तान्तरणको हुन नसक्दा सञ्चालन हुन केही दिन लाग्ने भएको छ ।
दर्शनका लागि आउने श्रद्धालु भक्तजन तथा अवलोकनका लागि आउनेहरुका लागि व्यवस्थित शौचालयको अभाव भएको महशुस भएसँगै नयाँ शौचालय ल्याएको कोषले जनाएको छ ।
‘प्रविधिको प्रयोग हुदैँ गएको छ, तर हामीहरु पुरानै संरचनाको प्रयोग गरिरहेका छौँ’ कोषका सञ्चालक परिषदका सदस्य राजु केसीले भने ।
‘धार्मिक स्थलमा देशदेखि विदेशसम्मका श्रद्धालु भक्तजनहरु अवलोकनका लागि आउँछन् तर शौचालयको दूरावस्था कमजोर छ’ उनले भने । जमाना अनुसार चल्नका लागि स्मार्ट शौचालय आवश्यक रहेको उनले बताए ।
साथै १५ दिनअघि चाइनाबाट १९ वटा शौचालय कोष परिसरमा आइसकेका छन् । हस्तान्तरणको कार्यक्रममा ढिलाइ हुँदा सो शौचालय प्रयोगमा आउन अझै १५ दिन लाग्ने कोषको अनुमान रहेको छ ।
‘स्मार्ट शौचालय डोनरमार्फत कोषसम्म आएको हो, हस्तानरण भएपछि मात्र सञ्चालनमा आउने छ’ खबरहब सँग कुरा गर्दै उनले भने ।
विभिन्न सामाजिक तथा आर्थिक संस्थाहरुले यसअघि पनि विद्युतीय टेम्पु, पशुपतिनाथ प्रवेशद्धार निर्माण गरिसकेका छन् । साथै स्मार्ट शौचालयका लागि एभरेष्ट बैंकको लगानी रहेको समेत उनले बताए ।
प्रतिक्रिया