श्रीलंकामा बम विस्फोट अपडेट: मृतक हुनेको संख्या २९० पुग्यो

ssapana44@gmail.com' jamuna aryal
९ बैशाख २०७६, सोमबार १०:३३

काठमाडौं – श्रीलंकामा आइतवार भएको श्रंखलावद्ध बम विस्फोटमा परि मृत्यु संख्या २९० पुगेको छ । विस्फोटमा परी करीब ५ सय जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बीबीसीका अनुसार मृत्यु हुनेमा ३६ जना विदेशी नागरिक रहेका छन् ।

विस्फोटमा संलग्न भएको आशंकामा २४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गिरफ्तार भएका सबै नागरिक श्रीलंकाको भएको र उनीहरुको कुनै अन्तर्राष्ट्रिय संगठनसँगको सम्पर्कबारे अनुसन्धान भइरहेको छ । अहिलेसम्म श्रृंखलाबद्ध ८ विस्फोटको जिम्मेवारी कसैले पनि लिएका छैनन् ।

श्रीलंका सरकारले भने श्रृंखलावद्ध विस्फोट आत्मघाती भएको र विस्फोटको योजना विदेशमा बनेको थियो ।

हमलापछि आइतबार श्रीलंकामा कर्फ्यू लगाइएको थियो । कर्फ्यू सोमबार(आज) विहानदेखि हटेको छ । झुटो समाचारहरु आएको भन्दै सामाजिक सञ्जालमा प्रतिवन्ध लगाइएको छ ।

हमलाको बारेमा पहिले जानकारी भएपनि रोक्नु अघि नै घटना घटेको रक्षामन्त्री आर विजयवर्धनले बताएको बीबीसीले उल्लेख गरेको छ ।

प्रधानमन्त्री रनिल विक्रमासिंघेले हमलाको बारेमा प्रहरीलाई जानकारी भएपनि यसबारे मन्त्रिपरिषद्मा जानकारी नदिइएको बताएका छन् ।

श्रीलंकाकी दूरसञ्चार मन्त्री हरिन फर्नाडोले जासूसी रिपोर्टमा चार खालको हमला हुनसक्ने बताइए जानकारी आएको बताएकी छिन् । तर यस बारेमा प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई जानकारी नगराइएको उनको भनाइ थियो । यसबारे मन्त्रिमण्डलमा प्रश्न उठेको छ ।

रिपोर्टमा आत्मघाती हमला, अतियारबाट हमला, चक्कु आक्रमण या विस्फोटक पदार्थले भरिएको ट्रकबाट हमला हुनसक्ने उल्लखे गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१