देशभर प्रचार-प्रसारमा दाल – भात, तरकारी टीम

ssapana44@gmail.com' jamuna aryal
८ बैशाख २०७६, आईतवार १७:४७

काठमाडौं – चलचित्र ‘दाल भात तरकारी’को रिलिज हुने दिन नजिकिएसँगै प्रचारप्रसार पनि अन्तिम चरणमा पुगेको छ। चैत २४ बाट सुरु भएको मेची महाकाली यात्रा देशका प्रमुख सहर बिर्तामोड, दमक, इटहरी, हेटौंडा, चितवन, बुटवल, नेपालगन्ज, दाङ, पोखरामा पत्रकार सम्मेलन एवं रोड सो गरी सकिएको छ। काठमाडौंको चाबहिल र बालाजुमा भने आगामी ९ गते अन्तिम प्रोमोसन कार्यक्रम हुने बताइएको छ।

कार्यक्रममा हरिवंश आचार्य, किरण केसी, शिवहरि पौडेल, आँचल शर्मा, पुष्प खड्का, विल्सनविक्रम राई, रामचन्द्र काफ्ले, जुनु रिजाल, राजन खैराते, उदय, भीष्म संग्रौला एवं प्राविधिकसमेत गरी १६ जना सहभागी थिए। रुस्लान र होटेल व्यवसायी संघले मुख्य प्रायोजन गरेको कार्यक्रममा उत्साहवर्धक रूपमा दर्शक श्रोता सहभागी थिए।

हरेक सहरमा बिहान पत्रकार सम्मेलन गरी बेलुका ३ बजे रोड सो गरिएको कलाकार एवं चलचित्र दाल भात तरकारीका प्रस्तोता किरण केसीले बताए। देशकै प्रमुख कलाकारहरू आफ्नै सहरमा आउने र निःशुल्क रोड सोसमेत हेर्न पाइने उत्साहले दर्शक र श्रोता अत्यधिक जम्मा भएको उनको भनाइ छ। रोड सोको मुख्य आकर्षणका रूपमा हरिवंश आचार्य, किरण केसी, जुनु रिजाल, रामचन्द्र काफ्लेको गायन; आँचल शर्मा, पुष्प खड्का र विल्सनविक्रम राईको नृत्य एवं शिवहरि पौडेल र हरिवंशको एकल प्रस्तुति प्रमुख छन्।

तुलनात्मक रूपमा घोषणा गरेको दिनबाटै चर्चामा रहेको चलचित्र दाल भात तरकारीको गीत ‘भिजिट भिसामा’ले युट्युबमा ५८ दिनसम्म आइपुग्दा एक करोड ५७ लाख भ्यु पाइसकेको छ। साथै ‘टिकटक’मा समेत उक्त गीत अहिलेसम्मकै हिट देखिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१