डण्डिफोर कसरि हटाउने ? यस्तो छ सजिलो तरिका

ssapana44@gmail.com' jamuna aryal
८ बैशाख २०७६, आईतवार १३:३४

हर्मोनल परिवर्तन र बाह्य कारकतत्व डण्डिफोरको साधारण कारण हुन्।

कुनै व्यक्तिहरुलाई डण्डिफोरले निकै सताइरहेको हुन्छ, यसको कारण बारे थाहा नभएर उचित उपचार पनि गर्न सकिरहेका हुँदैनन् ।

आज हामी तपाईंलाई डण्डिफोरको वास्तविक कारण पत्ता लगाउनमा सहयोग पुर्याउँछौं । यसले तपाईंलाई डण्डिफोरको निदान गर्नमा पक्कै पनि सहयोगी भूमिका खेल्नेछ ।

निधारमा डण्डिफोरः

निधारमा डण्डिफोरका कारण पाचनमा गडबडी अथवा आहारमा पानीको कमीका आउने गर्दछ । पाचनमा गडबडी र आहारमा पानीको कमीले शरिरमा टक्सिनको निर्माण हुने गर्दछ ।

यसबाट बच्न चाहनुहुन्छ भने आफ्नो आहारमा एन्टीअक्सीडेन्टयुक्त खाद्य पदार्थका साथै ग्रीन टी र पानीलाई भरपुर मात्रामा समावेश गर्नुहोस् । यसका साथै सोडा र डेरी उत्पादनको सेवन कम गर्नुहोस् ।

आँखाको बिचमा र नाकको माथि डण्डिफोरः

यो ठाउँमा डण्डिफोर आइरहन्छ भने तपाईंको फोक्सोसम्बन्धि रोग छ भन्ने बुझ्नुहोस् । खानाको गलत बानी व्यवहार, राती ढिलासम्म खाना खाने अथवा खानामा पनिर अथवा क्रिमको मात्रा बढि हुनु हो । राती चिल्लो पदार्थको सेवन गरेमा शरिरभित्र टोक्सिन निर्माण हुने गर्दछ ।

यस कारण यो स्थानमा डण्डिफोर नआओस् भन्ने चाहनुहुन्छ भने स्वस्थ र सक्रिय जीवनशैलीद्वारा आफ्नो फोक्सोलाई स्वस्थ राख्नुहोस् ।

गालामा डण्डिफोरः

गालाको डण्डिफोर श्वास प्रणालीसँग सम्बन्धित हुने गर्दछ । प्रदुषित हावामा सास लिएका कारण तपाईंको गालामा पिम्पल्स देखिने गर्दछ । धुम्रपान अथवा निष्क्रिय धुम्रपान पनि यसको मुख्य कारण बन्ने गर्दछ । प्रदुषण यसको लागि अर्को कारण हो ।

यसका साथै मोबाइल फोनको प्रयोग पनि डण्डिफोरको कारण बन्ने गर्दछ । तपाईंको मोबाइलमा एकत्रित भएको किटाणुको फोहोर तपाईंको अनुहारमा सर्ने गर्दछ । सधैं आफ्नो मोबाइललाई नियमित रुपमा सफा गर्ने बानी बसाल्नुहोस् ।

चिउँडोमा डण्डिफोरः

चिउँडोमा डण्डिफोर सानो आन्द्रासँग सम्बन्धित हुने गर्दछ । आफ्नो आहारबाट तारेको भुटेको र मसालेदार भोजनको जाँच गरेर तपाईं आफ्नो पाचनमा सुधार ल्याउन सक्नुहुन्छ ।

यसका साथै यस्तो खाद्य पदार्थलाई आफूसँगै नराख्नुहोस् जसले तपाईंको पिम्पलको लागि एक ट्रिगरको रुपमा काम गर्दछ ।

बंगाराको रेखामा डण्डिफोरः

थुप्रै महिलाहरु महिनावारीको क्रममा बंगाराको लाइनमा डण्डिफोर नोटिस गर्ने गर्दछन् । अनुहारको यो हिस्सा हर्मोनसँग सम्बन्धित हुन्छ । र कुनै पनि प्रकारको हर्मोनल परिवर्तन अथवा असन्तुलन डण्डिफोरको कारण बन्ने गर्दछ ।

यो ठाउँमा डण्डिफोरको सम्भावना कम गर्नको लागि शरिरलाई चाहिने पानी पिउनुहोस् र पर्याप्त निदाउनुहोस् ।

ओठको आसपास डण्डिफोरः

ओठको वरिपरि डण्डिफोरको अर्थ पाचन प्रणालीमा गडबडी हो । यदि तपाईं पेटमा दुखाई र कब्जियतलाई पटक–पटक अनुभव गरिरहनुभएको छ भने तपाईं निकै संवेदनशील र कमजोर हुनुहुन्छ ।

तपाईंले आफ्नो शरिरमा चिन्तित हुन आवश्यक छ । आफ्नो आहारामा फाइबरयुक्त खानेकुरा संलग्न गर्नुहोस् । र प्रत्येक खाना पछि एक कप ग्रिन टी पिउनुहोस् ।

नाकको आसपास डण्डिफोरः

अचानक नाकको वरिपरि टूलो र सुन्निएको डण्डिफोर हुनु प्रजनन प्रणालीमा परिवर्तन हुनु अथवा अण्डाशयसँग जोडिएको रोग हुनसक्छ । नाकमा डण्डिफोर हृदय प्रणालीको समस्याको संकेत पनि हुनसक्छ । मुटुमा भिटामिन बी र प्रोटिनको कमी पनि हुनसक्छ ।

तपाईंको छालामा पोषक तत्व र ब्लड सर्कुलेसनको कमीबाट पनि ग्रस्त हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१