श्रीलंकामा श्रंखलाबद्ध आक्रमण: मृत्यु हुनेको संख्या १ सय ३७

ssapana44@gmail.com' jamuna aryal
८ बैशाख २०७६, आईतवार १३:२६

काठमाडौं – श्रीलंकाको राजधानी कोलम्बोस्थित केही गिर्जाधर (चर्च) र होटलमा भएको आक्रमणमा परि मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ ।

इस्टर पर्वको प्रार्थनाका लागि भेला भएकालाई लक्षित गरी चर्चामा आक्रमण गरिएको थियो । आक्रमणकारीहरुले २ वटा होटल र अन्य १ ठाउँमा गरी ६ ठाउँमा श्रंखलाबद्ध बम विस्फोट गराएका थिए ।

आक्रमणकारीले कोलम्बोसहित बट्टिकोला, नेगङ्बो लगायत ठाउँमा पनि आक्रमण गरेका थिए ।

बीबीसीका अनुसार कोलम्बोमा मात्रै मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

यस्तै बट्टिकोलमा ५० जनाको ज्यान गएको हुनसक्ने जनाइएको छ । प्रहरीले भने अहिलेसम्म २५ जनाको शव प्राप्त भएको जनाएको छ ।

बम धमाकामा करिब ४ सय ४० जना व्यक्ति घाइते भएका जनाइएको छ ।

मृत्यु हुनेमध्ये ९ जना विदेश रहेका जनाइएको छ ।

इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहँदा श्रंखलावद्ध विस्फोट गराइएको जनाइएको छ ।

हरेक वर्षको अप्रिल महिनामा पूर्णिमा पछिको पहिलो आइतबारको दिन इस्टर पर्व मनाइन्छ ।

काठमाडौं – श्रीलंकाको राजधानी कोलम्बोस्थित केही गिर्जाधर (चर्च) र होटलमा भएको आक्रमणमा परि कम्तिमा २० जनाको मृत्यु भएको खबर प्राप्त भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ३ ओटा गिर्जाघर र २ होटल तथा अन्य ठाउँमा गरी ६ वटा ठाउँमा बम विस्फोट भएको छ ।

श्रंखलाबद्ध आक्रमणमा परि २ सयभन्दा धेरै घाइते भएका विवरण प्राप्त भएका छन् ।

समाचार संस्था एएफीले घाइतेमध्ये ८० जनालाई स्थानीय अस्पतालमा भर्ना गरिएको उल्लेख गरेको छ ।

इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहँदा श्रंखलावद्ध विस्फोट गराइएको जनाइएको छ ।

हरेक वर्षको अप्रिल महिनामा पूर्णिमा पछिको पहिलो आइतबारको दिन इस्टर पर्व मनाइन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१