सातौं दक्षिण एसिया क्षेत्रीय मानवअधिकार शिखर सम्मेलन राजधानी एक समारोहबीच सम्पन्न भएको छ । यो सम्मेलनमा नेपाल लगायत भारत, पाकिस्थान, बंगलादेश, इन्डोनेशिया, ताइवान र अमेरिकाका झण्डै १०० युवाहरको सहभागी रहेको थियो ।
दुई दिने सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि राष्ट्रिय मानवअधिकार आयोगका माननीय सदस्य सुदिप पाठकले मानवअधिकारको सवालमा सबै नागरिक सुसुचित हुनु पर्ने र यसको लागि आयोगले धेरै कार्यक्रमहरु गर्दे आएको बताउनुभयो । युवाहरुमा झन मानवअधिकारको बारेमा सचेतना अभियान गर्नु पर्नेमा जोडदिनुभयो । राज्यले युवाको अधिकारलाई प्राथमिकता दिनु पर्नेछ ।
राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेलले युवाहरुलाई अझ मानवअधिकारको बारेमा शसक्तिकरण गर्ने पर्नेमा जोडदिनुभयो । राज्लले युवाहरुलाई स्वदेशमा रोजगारीको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।
यस सम्मेलनमा झण्डै दुई दशकदेखि मानवअधिकारको क्षेत्रमा कार्यरत रही काम गर्दै आउनु भएका युवामानवअधिकारकर्मी गणेश प्रसाद घिमिरेलाई हयुमन राइट्स हिरो अवार्ड २०१९ बाट प्रमुख अतिथिले सम्मानित गर्नु भएको थियो । घिमिरे मानव अधिकार पत्रकार संघका पूर्व महासचिव पनि हुनुहुन्छ । हाल उहाँ एमनेस्टी इन्टरनेसनल नेपाल समुह ३ काठमाडौंको संयोजक साथै कलेजमा मानवअधिकार बिषय अध्यायपनमा पनि संलग्न पनि हुनुहुन्छ ।
यस सम्मेलनमा युवाहरुले मानवअधिकारका विविध समस्या र युवाअधिकारको बारेमा बिशेष छलफल र कार्यपत्रहरु प्रस्तुत गर्नेछन् । यो सम्मेलनको आयोजना युथ फर हयुमन राइट्स इन्टरनेसनल र युथ फर हयुमन राइट्स नेपालले गरको हो । उद्घानटन सम्मेलनमा पूर्वप्रहरी महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठ, युथ फर हयुमन राइट्स इन्टरनेसनलका सभापति डा. मेरी, कादम्बरी मेमोरियल कलेजका कलेज प्रमुख प्रदिप्ता कादम्बरी, युथ फर हयुमन राइट्स नेपालका राहुल केसी र रिसी गौतम गायत अथितिहरुको उपस्थिति रहेको थियो ।
अमेरिकामा स्थापना भएको यो युथ फर हयुमन राइट्स इन्टरनेसनलले विश्वभरी नै मानवअधिकारको विश्वव्यापी घोषणा पत्र र मानवअधिकार शिक्षालाई आफनो अभियानको रुपमा फैलाउदै आएकोछ । मानवअधिकार शिक्षा अभियानको लागि यो संस्था अन्तर्राष्ट्रियरुपमा ख्यातीप्राप्त मानवअधिकार संस्था हो ।
प्रतिक्रिया