राष्ट्रिय खबर डटकम आजबाट छ वर्ष पूरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ बैशाख २०७६, आईतवार ०६:१४

बोष्टर मिडियाद्वारा सञ्चालित राष्ट्रिय खबर डटकम अनलाइनले आजबाट छ वर्ष पूरा गरेको छ । छैटौं वार्षिकोत्सवको यस उपलक्ष्यमा राष्ट्रिय खबर डटकम अनलाइनलाई आफ्नो दैनिकीसँग जोड्ने सम्पूर्ण पाठक, शुभचिन्तक, विज्ञापनदाता र देश–विदेशमा रहनुहुने सम्पूर्ण नेपालीमा हार्दिक आभार प्रकट गर्दर्छौँ । हाम्रो अनलाइनप्रति आदरणीय पाठकले देखाउनुभएको स्नेह, सद्भाव र विश्वासले हामीलाई निकै उत्साही बनाएको छ । साथै भविष्यका लागि विगतका कमीकमजोरी हटाउँदै थप उत्तरदायी, जिम्मेवार र तथ्यपरक पत्रकारिता गर्न दिशा–निर्देश गरेको छ ।

हामीले विगत छ बर्ष देखी विभिन्न समयमा राजनीतिक क्रान्तिका उपलब्धीलाई संस्थागत गर्ने देशको मूल कार्यभारलाई पूरा गर्ने गरी खर्चिर्यौँ । संविधानसभाबाट संविधान निर्माण, विभिन्न तहको चुनाव, स्थानीय तहदेखि केन्द्रसम्मका सरकार गठनसम्म आउँदा राजनीतिक उपलब्धी संस्थागत भएका छन् ।

सुशासन, विकास र समृद्धि अब देशका मुख्य कार्यभार हुन् । यद्यपी केही राजनीतिक असन्तुष्टि अझै छन्, त्यसको सम्बोधनमा पनि ध्यान दिन आवश्यक छ । सुशासन, विकास र समृद्धिको मूल कार्यभारबाट मिडिया उद्योग पनि टाढा रहन सक्दैन । छ वर्षको यो अवसरमा हामी प्रतिबद्धता जनाउन चाहन्छौँ कि–सुशासन, विकास र समृद्धिका लागि हामीले चौँथो अंगका रुपमा निभाउनुपर्ने आफ्नो भूमिका इमान्दारीपूवर्क पूरा गर्ने कोशिष गर्नेर्छौँ ।

सत्ता र शक्तिमा रहेकामाथि निरन्तर प्रश्न उठाउने र जनताको तर्फबाट वकालत गर्ने काममा हामी दत्तचिक्त भएर लाग्ने छौँ । जनताका आकांक्षा र अपेक्षा पूरा गर्ने पूर्ववत प्रतिबद्धताबाट भाग्ने राजनीति दलमाथि हाम्रो खबरदारी रहनेछ । विकास, समृद्धि र सुशासनलाई अब जनताको जीवनपद्धति बनाउन अनलाइनको माध्यमबाट निभाउनुपर्ने भूमिकामा हामीले कत्ति पनि कन्जुस्याइँ गर्ने छैनौँ ।

र, अन्तमा समस्याको उठान ,छलफल र सामाधानको खोजि भन्ने मूल नाराका साथ फेरी एकपटक सम्पूर्ण पाठक, शुभचिन्तक, विज्ञापनदाता र देश–विदेशमा रहनुहुने सम्पूर्ण नेपालीबाट स्नेह, सद्भाव र विश्वासको अपेक्षा गदर्छौँ ।

प्रधान सम्पादक मुकुन्द ढुंगाना

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१