पुरीको उपन्यास ‘परी’ सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ बैशाख २०७६, आईतवार ०५:४४

काठमाडौं । सीमा पुरीको उपन्यास ‘परी’ सार्वजनिक भएको छ। शनिबार प्रदेश ३ का प्रदेशसभा सदस्य दोर्जे लामाले उपन्यास सार्वजनिक गरेका हुन्।

पुस्तकको समीक्षा गर्दै समालोचक रमेश शुभेच्छुले परी सौतेनी छोराछोरीप्रति हेरिने दृष्टिकोणलाई सकारात्मक दृष्टिकोणबाट हेरिएको फरक उपन्यास भएको बताए। सामाजिक चेनताको दृष्टिले परिस्थिति कमजोर हुदाँ पनि सकारात्मक सोचका साथ कथावस्तु अघि बढेको उनको भनाइ छ।

‘मनोविज्ञान, माक्र्सवाद, विसंगतिवाद र अस्तित्ववादमा आधारित रहेर कथावस्तु अघि बढेको छ’, उनले भने। नारी चेतना जगाउने उपन्यास पढ्दा चलचित्र हेरेझैं लाग्ने उनले बताए।

साहित्यकार मधुसुधन पाण्डेले छुवाछुत प्रथालाई समेटेर उपन्यास लेखिएको बताए। ‘आमा र छोरीको कथामार्फत् सामाजिक चेतना प्रदान गरिएको छ’, उनले भने।

लेखक पुरीले जीवन र जगतलाई आत्मसात गर्दै उपन्यास लेखिएको बताइन्। ‘साहित्यिक यात्रामा अब रचनात्मक ढंगले अघि बढ्ने छु,’ उनले भनिन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१