चक्रपथ सरसफाई महा-अभियानको १०६ हप्ता पुरा,३५० अभीयन्ता सहित ९ टन फोहर ब्यबस्थापन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ बैशाख २०७६, आईतवार ०५:३४

काठमाडौं। चक्रपथ सरसफाई महा-अभियानको १०६ हप्ता पुरा भएको छ। शनिबार गंगबु चोक देखि ग्रीनसिटि हस्पिटल सम्म सरसफाई गर्दै ३५० अभीयन्ताले त्यस क्षेत्रको ९ टन फोहर ब्यबस्थापन गरेका छन्। सरसफाई अभियानमा ग्रिनसिटि अस्पताल , पत्रकार ,कलाकार ,नेपाली सेना ,सशस्त्र प्रहरी,नेपाल प्रहरी,स्थानिय क्लब, एती हेल्थ साईन्स कलेज,हिमालयन बाताबरण,क्लिन काष्ठमण्डप ,नेप्से म्याक ,नगरपालिका प्रहरी लगाएत स्वत स्फुर्त सहयोगी हातहरुको सहभागिता रहेको थियो।

चक्रपथ सरसफाई महा-अभियानको १०६ हप्तामा सडक दायाबायामा भएका अब्यबस्थित फोहोरहरुलाई हटाउन स्थानीयबासिहरुलाई समेत समेटेर माइकिंग गरिएको थियो ।

अभियन्ता एवं संयोजक लोक बहादुर टण्डनले चक्रपथलाई सफा हराभरा पारि नमूना बनाउन फोहरफाल्ने प्रवृतिलाई मुहानबाटै रोक्नुपर्छ अनिमात्र सडक,बस्ति, शहर लाइ फोहर मुक्त बनाउन सकिन्छ भन्दै देशभरिनै अभियान शुरु गरेको र अहिले १०६ हप्ता सम्म आइपुग्दा धेरै सफा भैसकेको कार्यक्रममा बताउनुभयो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१