ब्रिटेनको नागरिक रहेको आशंकामा राहुल गान्धीको मनोनयन रोकियो

ssapana44@gmail.com' jamuna aryal
७ बैशाख २०७६, शनिबार १८:५९

काठमाण्डौँ – अमेठीका रिटर्निङ्ग अफिसर राम मनोहरले कांग्रेस अध्यक्ष राहुल गान्धीको नामांकनको जाँचलाई २२ अप्रिलसम्म स्थगित गर्न आदेश दिएका छन् । एक निर्दलीय उम्मेदवार ध्रुव लालले राहुल गान्धीको नामाङ्कन सम्बन्धी जानकारीहरुलाई लिएर गुनासो दर्ता गराएका थिए । ध्रुव लालका वकिल रवि प्रकाशले भने कि उनले तीन बिन्दूहरुको आधारमा यो आपत्ति जनाएका छन् । 

एएनआईको रिपोर्टका अनुसार रवि प्रकाशले भनेका छन् कि, ‘राहुल गान्धी ब्रिटेनको एक कम्पनीसँग जोडिएका छन् र यस कम्पनीलाई दिइएको जानकारी अनुसार राहुल गान्धीले आफूलाई ब्रिटेनको नागरिक बताएका छन्।’ उनले भने कि जनताको प्रतिनिधित्व अधिनियमका अनुसार विदेशी नागरिक भारतमा चुनाव लड्न सक्दैन । 

प्रकाशले भने, ‘केको आधारमा राहुल गान्धीले आफूलाई ब्रिटेनको नागरिक बताए ? र यस्तो गर्नको लागि उनीसँग भारतीय नागरिकता राख्ने के अधिकार छ ? हामीले रिटर्निङ्ग अफिससँग अनुरोध गरेका छौं । यो मामलाको स्पष्ट नभएसम्म राहुल गान्धीको नामाङ्कन स्वीकार नगरियोस्।’

वकिलले यो पनि भनेका छन् कि राहुल गान्धीले आफ्नो २००३ देखि २००९ सम्मको बीचमा यूकेमा रहेको सम्पत्तिहरुको विषयलाई लिएर कुनै जानकारी दिएका छैनन् । राहुल गान्धीको शैक्षणिक योग्यतामाथि समेत सवाल उठाउँदै रवि प्रकाशले भने, ‘राहुल गान्धीको योग्यता उनको दस्तावेजहरुमा उल्लेख योग्यतासँग मेल खाँदैनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१